एप्पलवाच प्रयोगकर्ताहरु सुतेको बेला ९११ मा फोन गएपछि प्रहरी हैरान


प्रकाशित मिति : असार ३, २०७८ बिहीबार

My Apple Watch Nike edition

Photo by Daniel Cañibano on Unsplash

एप्पल वाच प्रयोगकर्ताहरु सुतेको बेला ९११ मा फोन गएपछि अमेरिकामा प्रहरी नै हैरान भएको छ । एप्पल वाच प्रयोगकर्ताबाट झुक्किएर आएका यस्ता कैयन फोनकलहरु प्राप्त गरेको र यसका कारण प्रहरीको स्थानीय श्रोतमा क्षति पुगेको कन्सास प्रहरीले जनाएको छ ।

झुक्किएर आएका फोनकल उठाउँदा कहिलेकाँही प्रहरीमा आएका आपतकालिन फोनकलहरु समेत पछि पर्ने गरेका छन् । अधिकांशले सुतेका बेला दबाइएर फोन गएका कारण प्रहरीमा फोन गरेको समेत थाहा नपाउने गरेका छन् ।

कतिपय अवस्थामा प्रहरीले फोन उठाएपछिमात्र एप्पल वाच प्रयोगकर्ताहरुले फोन गएको थाहा पाउने गरेको ओभरल्याण्ड पार्क प्रहरीका प्रवक्ताले जनाएका छन् । एप्पल वाचको आपतकालिन एसओएस फिचरका कारण झुक्किएर फोन जाने गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो फिचर साइड बटनमा लामो समय थिचेपछि सुरुवात गर्न सकिने भएपनि यो फिचरलाई निस्कृय समेत पार्न सकिन्छ । एप्पल वाच प्रयोगकर्ताहरुले सुतेको बेला उक्त फिचर झुक्किएर सकृय हुँदा ९११ मा फोनकल जाने गरेको छ ।

झुक्किएर फोन जाने समस्या टार्न एप्पल वाचका लागि संरक्षित खोल प्रयोग गर्न सुझाव दिइएको छ । त्यसो गर्दा झुक्किएर वा सजिलै साइड बटनमा थिच्न र होल्ड गर्न सकिनेछैन ।

एप्पल वाचमा प्रयोगकर्तालाई आपतकालिन अवस्था आएको बेला छिटो सहायता प्राप्त गर्नका लागि आपतकालिन एसओएस सेवा डिजाइन गरिएको हो । एप्पलको आफ्ना उत्पादनमार्फत स्वास्थ्य र सुरक्षामा ध्यान दिने नीति अन्तरगत यो विशेषता आएको हो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com