बाइडेनले झुक्किएर पुटिनलाई ‘राष्ट्रपति ट्रम्प’ भनेर सम्बोधन गरेपछि…


प्रकाशित मिति : असार ३, २०७८ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई झुक्किएर ‘राष्ट्रपति ट्रम्प’ भनेर सम्बोधन गरेका छन् । बुधबार पुटिनसँगको भेटपछि जेनेभा पत्रकार सम्मेलनका क्रममा बाइडेनले झुक्किएर ‘राष्ट्रपति ट्रम्प’ भनेका थिए ।

तर तत्कालै उनले सच्याएर पुटिन भनेपनि इन्टरनेटमा उनी झुक्किएको भिडियो भाइरल भएको छ । उनले ‘ट्रम्प’ भनेर पूरै शब्द उच्चारण नगर्दै आफूलाई सच्याएका थिए । पुटिन र बाइडेनबीच जेनेभामा भेटवार्ता भएको थियो ।

बाइडेनले यस्तो प्रकारको गल्ती पहिलोपटक भने गरेका होइनन् । उनले गत मार्चमा एउटा पत्रकार सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ‘राष्ट्रपति ह्यारिस’ भनेर सम्बोधन गरेका थिए । त्यतीबेला भने उनले सच्याएका थिएनन् ।

त्यस्तै सन् २०१९ मा चुनावी अभियानका क्रममा बाइडेनले राष्ट्रपति ट्रम्प भन्न खोज्दा जिब्रो चिप्लिएर ‘राष्ट्रपति हम्प’ भनेका थिए । सामाजिक सञ्जालमा यसको पनि ब्यापक चर्चा भएको थियो ।

राष्ट्रपति पुटिनसँगको भेटघाटपछि आयोजित पत्रकार सम्मेलनमा बाइडेन सीएनएन पत्रकारसँग जंगिएर हिडेका थिए । पछि पत्रकारको समुहमा आएर उनले माफी मागेका थिए । सीएनएन पत्रकार क्याटलान कोलिन्सले आफूले आफ्नो काम गरेको र राष्ट्रपति आएर आफूसँग माफी माग्न आवश्यक नभएको बताएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com