नाबालिग छँदै सरकारविरोधी दंगामा सहभागी भएको अभियोगमा साउदी अरबमा मुस्तफालाई मृत्युदण्ड


प्रकाशित मिति : असार ३, २०७८ बिहीबार

नाबालिग छँदै सरकारविरोधी दंगामा सहभागी भएको अभियोगमा साउदी अरबमा एकजना युवालाई मृत्युदण्ड दिइएको छ । मुस्तफा अल डार्विसलाई सन् २०११ वा २०१२ मा सरकारविरोधी दंगामा सहभागी भएको अभियोगमा सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएकोमा मंगलबार मृत्युदण्ड दिइएको हो ।

एम्नेष्टी इन्टरनेशनल लगायतका मानवअधिकारवादी संस्थाहरुले मुस्तफालाई दिइएको मृत्युदण्डको निन्दा गरेका छन् । सरकारविरोधी दंगामा सहभागी भएको बखत उनी १८ बर्षभन्दा कम उमेरका थिए । तर साउदी सरकारले उनलाई सुरक्षा अधिकारीको हत्या गर्ने उद्देश्यले आतंककारी सेल निर्माण गरेको अभियोग लगाएको थियो ।

मुस्तफाका परिवारलाई मृत्युदण्ड कार्यान्वयन अगाडि सरकारका तर्फबाट कुनै सुचना दिइएको थिएन । संचारमाध्यमहरुमा प्रकाशित समाचारहरु पढेर उनीहरुले मुस्तफालाई मृत्युदण्ड दिइएको थाहा पाएका थिए । साउदी अरबले नाबालिग हुँदै गरेको अपराधका लागि मृत्युदण्ड खारेज गरिरहेको भन्दै सन् २०२० मा सरकार समर्थित मानव अधिकार आयोगले रिपोर्ट प्रकाशित गरेको थियो ।

नाबालिग अवस्थामा गरेको अपराधका लागि दोषी ठहरिएमा १० बर्षसम्मको जेलसजाय दिइने आयोगको रिपोर्टमा उल्लेख थियो । तर यो निर्णय कहिलेदेखि कार्यान्वयन हुने भन्नेबारे स्पष्ट छैन । यसअगाडि १७ बर्षको उमेरमा पक्राउ परेका अलि अल निमरलाई पनि नाबालिग अवस्थामा गरेको अपराधका लागि दोषी ठहर गर्दै गत फरबरीमा मृत्युदण्ड दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृत्युदण्डको सजायबाट बचेका मुर्तजा ।

त्यस्तै १३ बर्षको उमेरमा गरेको अपराधमा दोषी ठहरिएको भन्दै मृत्युदण्डको सजाय सुनाइएका मुर्तजा क्वीरीसलाई अन्तर्राष्ट्रिय समुदायको चर्को विरोधपछि मृत्युदण्ड नदिएर सन् २०१९ मा १२ बर्षको जेल सजाय सुनाइएको थियो । उनलाई १३ बर्षको उमेरमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोप लगाइएको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com