पत्रकारसँग जंगिएर स्टेज छाडेकोमा राष्ट्रपति बाइडेनले मागे माफी


प्रकाशित मिति : असार २, २०७८ बुधबार

पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा आक्रोशित भएका राष्ट्रपति जो बाइडेनले पछि पत्रकारसँग माफी मागेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको जेनेभा सम्मेलनपछि आयोजित पत्रकारसम्मेलनको अन्त्यतिर सीएनएन पत्रकार क्याटलान कोलिन्सले सोधेको प्रश्नको जवाफ दिने क्रममा बाइडेन आक्रोशित भएका थिए ।

पछि एयरफोर्स वान मार्फत जेनेभा प्रवेश गर्नुअगाडि पत्रकारहरुको समुहमा गएर माफी मागेका थिए । अन्तिम प्रश्नको जवाफ दिने क्रममा आक्रोशित भएर आफूबाट गल्ती भएको स्वीकार गर्दै बाइडेनले माफी मागेका थिए । तर उनले पत्रकारहरुले आफूलाई कहिले पनि सकारात्मक प्रश्न नसोधेको भन्दै गुनासो समेत गरेका थिए ।

बाइडेनले भने – ‘तपाई राम्रो पत्रकार हुनका लागि नकारात्मक हुनुभयो । मलाई लाग्छ, जसले गर्दा तपाईको जीवनमै नकारात्मक दृष्टिकोण बन्यो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अगाडिको पत्रकार सम्मेलनमा पत्रकार कोलिन्सले ‘पुटिनले बैठकपछि आफ्नो व्यवहार बदल्ने कुरामा किन उनी पक्का थिए?’ भनेर प्रश्न सोधेकी थिइन् । त्यतीबेला बाइडेनले आक्रोशित हुँदै भनेका थिए – ‘पुटिनले व्यहार बदल्नेछन् भन्ने कुरामा म पक्का छैन । तपाई सधै के गर्नुहुन्छ ? मैले कहिले पक्का छु भनेर भनें ?’

पुटिनले साइबरआक्रमणमा संलग्नता अस्वीकार गरेको, मानव अधिकार उल्लंघनलाई अवमूल्यन गरेको लगायतका विषयमा पत्रकार कोलिन्सले संकेत गरेकी थिइन् । ‘रचनात्मक बैठक थियो भने किन यस्तो भयो ?’  भन्नेबारे कोलिन्सको प्रश्नमा बाइडेन जंगिए – ‘यदि तपाई त्यती कुरा पनि बुझ्नुहुन्न भने तपाई गलत व्यवसायमा हुनुहुन्छ ।’

त्यसपछि बाइडेनले प्रश्नलाई उचित तरिकाले सम्बोधन नगरी स्टेज छाडेका थिए ।

पत्रकार कोलिन्सले भने आफूले आफ्नो जागिर गरेको र बाइडेन आफूहरुसँग माफी माग्न अनावश्यक रहेको बताएकी छिन् ।

कोलिन्सले भनिन् – ‘उनले हामीसँग आएर माफी माग्न पनि जरुरी थिएन । तर उनले मागे, म त्यसको कदर गर्दछु । राष्ट्रपतिलाई प्रश्न सोध्नुको अर्थ सकारात्मक दृष्टिकोण वा नकारात्मक दृष्टिकोण भन्ने होइन । यो त केबल राष्ट्रपतिले कुनै कुरालाई कुन दृष्टिकोणबाट हेरिरहेका छन् भन्ने जान्ने एउटा तरिकामात्र हो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com