टेक्सासको डाउनटाउन अष्टिनमा भींडभाडयुक्त स्थानमा एकाविहानै गोली चल्दा १३ जना घाइते


प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार

अमेरिकाको टेक्सासको डाउनटाउन अष्टिनमा एकाविहानै गोली चल्दा १३ जना घाइते भएका छन् । कैयन घाइतेहरुलाई प्रहरीकै गाडीमा अस्पताल लगिएको जनाइएको छ ।

गोली चलाउने व्यक्ति अहिलेसम्म पनि फरार रहेको जनाइएको छ । अधिकारीहरुले बन्दुकधारीको पहिचानका लागि भिडियोहरु संकलन गर्नुका साथै अनुसन्धान तीब्र पारेका छन् । बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको पाइएको छ ।

विहान १ बजेर २५ मिनेटमा अष्टिन ट्राभिस काउन्टीको ईएमएस मेडिक्सले कदम चालेको थियो । त्यतीबेला घटनास्थलमा सकृय बन्दुकधारी रहेको बताइएको थियो भने मेडिक्स टिमले ४ जनालाई एम्बुलेन्समा अस्पताल लगेको थियो ।

प्रहरीले ६ जनालाई प्रहरीकै गाडीमा अस्पताल लगेको थियो तीनजनालाई निजी गाडीमा अस्पताल लगिएको थियो । घाइतेको प्रकृति हेरेर प्रहरीले नै आफ्नो गाडीमा अस्पताल लैजानुपरेको जनाएको छ । भींडभाडयुक्त स्थानमा गोली चलाइएकाले मेडिकल टिमलाई भींडभाड छिचोलेर विरामी ओसार्न समेत मुस्किल परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com