विश्वासको मत पाउन नसकेपछि गण्डकीका मुख्यमन्त्री पदमुक्त


प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन्। विहीबार प्रदेशसभामा दोस्रोपटक विश्वासको मत पाउन नसकेपछि गुरुङ पदमुक्त भएका हुन्।

गुरुङले पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ। मतदानमा ५८ सांसद उपस्थित भएकोमा १ जना तटस्थ रहे। केही दिनअघि मन्त्री बनाइएका स्वतन्त्र सांसद दीपक मनाङे भने अनुस्थित रहे।

वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए।

६० सदस्य रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन मुख्यमन्त्री गुरुङलाई ३१ सांसदको समर्थन जरूरी थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन्। विपक्षी गठबन्धन नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ जना सांसद छन्।

अब प्रदेशसभाको कुनै एक सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधारसहित प्रदेश प्रमुख समक्ष दाबी गर्ने विकल्प बाँकी छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com