फ्रान्सले अमेरिकालाई दोश्रो स्ट्याचु अफ लिबर्टी उपहार दिने, लिबर्टी आइल्याण्डको सामने राखिने


प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार

फ्रान्सले अमेरिकालाई दोश्रो स्ट्याचु अफ लिबर्टी उपहारमा दिने भएको छ । लिटल सिस्टर नाम दिइएको उक्त काँसको स्ट्याचु अफ लिबर्टी अहिलेको मुख्य स्ट्याचु अफ लिबर्टी रहेको लिबर्टी आइल्याण्डको सामने एलिस आइल्याण्डमा राखिने भएको छ ।

सोमबार उक्त प्रतिमा पेरिसमा विशेष समारोहका बीच विशेष कन्टेनरमा लोड गरिएको थियो । पेरिसमा एउटा संग्राहालयको बगैचामा सन् २०११ देखि राखिएको उक्त प्रतिमा अमेरिकाको स्वतन्त्रता दिवशको दिनमा एलिस आइल्याण्डमा स्थापना गरिने भएको छ ।

यो प्रतिमा लिबर्टी आइल्याण्डमा रहेको प्रतिमाको तुलनामा १६ गुणा सानो रहेको छ भने तौल ४५० किलोग्राम रहेको छ । उचाई १० फिट रहेको छ । यो प्रतिमा पहिलोपटक सन् २००९ मा बनाइएको थियो । यो प्रतिमा पेरिसको नेशनल म्युजियम अफ आर्ट एण्ड क्राफ्टले सन् १८७८ मा संरक्षण गरेको प्लाष्टर मोडलको प्रतिकृति हो ।

From the Staten Island ferry
लिबर्टी आइल्याडमा रहेको स्ट्याचु अफ लिबर्टी । Priyanka Puvvada on Unsplash

यो प्रतिमा विश्वमा स्वतन्त्रता र प्रकाशको प्रतिक रहेको संग्राहालयका सामान्य प्रशासक ओलिभर फारोनको भनाई छ । अमेरिकासँगको मित्रता अत्यन्तै महत्वपूर्ण रहेको सन्देश समेत आफूहरुले दिन चाहेको उनले बताए । यो प्रतिमा पनि लिबर्टी आइल्याण्डमा विशाल पेडेस्टलमाथि रहेको १५१ फिट अग्लो स्ट्याचु अफ लिबर्टीकै नियोक्लासिक डिजाइनमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्ट्याचु अफ लिबर्टी सन् १८८६ मा न्युयोर्क ल्याइएको थियो । सन् १८६५ मा फ्रान्सका इतिहासविदले उपहारका लागि प्रस्ताव गरेपनि अमेरिका आउन सकेको थिएन । स्ट्याचु अफ लिबर्टी विश्व सम्पदा सुचीमा समेत सुचीकृत रहेको छ ।

सन् १९१५ मा एलिस आइल्याण्डमा युरोपियन आप्रवासीहरु आउँदै

अहिलेको बहिनी स्ट्याचु अफ लिबर्टी राखिने एलिस आइल्याण्ड आप्रवासीहरुको इतिहाससँग जोडिएको छ । सन् १८९२ देखि सन् १९२४ सम्म झण्डै १२ मिलियन आप्रवासीहरु न्युयोर्क र न्युजर्सीको पोर्टमा आएका थिए । एलिस आइल्याण्डमा आप्रवासीहरुलाई प्रकृयामा लैजानका लागि इमिग्रेशन स्टेशन बनाइएको थियो ।

Medical inspection of men at Ellis Island.
एलिस आइल्याण्डमा आएका आप्रवासीको स्वास्थ्य परीक्षण गरिदै । Photo:  The New York Public Library on Unsplash

पहिलो इमिग्रेशन स्टेशन १८९२ मा बनाइएको थियो भने १८९७ मा ध्वस्त भएको थियो । त्यसपछि दोश्रो इमिग्रेशन स्टेशन सन् १९०० मा खोलिएको थियो भने सन् १९०५ सम्म संचालनमा रहेको थियो । उक्त भवनमा दैनिक १ हजारदेखि ४ हजार आप्रवासीहरु राख्न सकिन्थ्यो । त्यतीबेला युरोपबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका आए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com