टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश बाइडेनबाट खारेज, विदेशी एपको जोखिमबारे छानविन गरिने


प्रकाशित मिति : जेष्ठ २६, २०७८ बुधबार

अमेरिकामा लोकप्रिय चाइनिज एप्लीकेशन टिकटकमा प्रतिबन्ध लगाउने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई राष्ट्रपति जो बाइडेनले खारेज गरिदिएका छन् । बाइडेनले बुधबार विदेशी एप्लीकेशनहरुको जोखिम मूल्यांकनका लागि मापदण्डहरु तय गर्ने कार्यकारी आदेश जारी गरेका हुन् ।

बाइडेनले टिकटक र वीच्याटको कारोबारलाई प्रतिबन्ध लगाउने पूर्व राष्ट्रपति ट्रम्पका तीनवटा कार्यकारी आदेश खारेज गरिदिएका हुन् । ट्रम्पका तीनवटा कार्यकारी आदेशमध्ये दुईवटा टिकटक र वीच्याटको कारोबारलाई प्रतिबन्ध लगाउने तथा एउटा टिकटकमाथि प्रतिबन्ध लगाउने रहेको थियो । ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाउन खोजेपनि सफल भएका थिएनन् भने लामो कानूनी लडाई चलेको थियो । जसका कारण टिकटक अमेरिकामा उपलब्ध र लोकप्रिय रहिरह्यो ।

बाइडेनले कार्यकारी आदेशमार्फत विदेशी एप्लीकेशनहरुबाट ठूलो जोखिम भए नभएकोबारे मूल्यांकन गर्न डिपार्टमेन्ट अफ कमर्शलाई निर्देशन दिएका छन् । कुनै एप्लीकेशन विदेशी सैन्य वा खुफिया सेवाहरुलाई फाइदा पुग्नेगरी वा उनीहरुको पहुच हुनेगरी संचालन भएको भएमा वा कुनै एप्लीकेशनले व्यक्तिका संवेदनशिल डाटाहरु संकलन गरेको अवस्थामा त्यस्तो अवस्थालाई ठूलो जोखिमका रुपमा व्याख्या गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशीहरुबाट अमेरिकी उपभोक्ताहरुका डाटाहरु दुरुपयोग हुनबाट संरक्षण प्रदान गर्नका लागि कमर्श डिपार्टमेन्टलाई अन्य एजेन्सीहरुसँग मिलेर काम गर्न पनि बाइडेनले निर्देशन दिएका छन् । यदि त्यस्ता जोखिमहरुलाई सम्बोधन गर्न थप कार्यकारी आदेश वा नियम कानून आवश्यक भएमा सुझाव दिन समेत बाइडेनले निर्देशन दिएका छन् ।

विगतमा ट्रम्पले टिकटक अमेरिकन कम्पनीलाई बिक्रि नगरे अमेरिकामा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । त्यसपछि टिकटकले विभिन्न कम्पनीहरुसँग सम्झौताको प्रयास गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com