वामदेव गौतमले भने–ओलीको प्रस्तावमा कुटिल र जालझेलको अनुमान (विज्ञप्तिसहित)


प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार

एमाले उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अध्यक्ष केपी ओलीले राखेको एकता प्र्रस्तावमा कुटिल, चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको टिप्पणी गरेका छन्।

अभियानको मंगलबार बसेको बैठकपछि जारी विज्ञप्तिमा गौतमले जालझेलको भाषाका बावजुद बुँदा नम्बर १ को ‘एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ’ भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको जनाइएको छ।

‘तर सोही बुँदामा एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ, त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अवीकार गर्न सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, एमालेका २६ जनाले विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिने विषय ओलीले उल्लेख गरेकोबारे गौतमले भनेका छन्, ‘यो घटना पार्टी अध्यक्ष केपी ओलीका अनेकौं विवादित क्रियाकलापहरु र झलनाथ–माधव समूहका क्रियाकलापहरु एक अर्कासँग सम्बन्धित भएर आएका छन्, यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तरपार्टी संघर्षलाई व्यक्त गरेको छ, यी सबैलाई पुनः एकताबद्ध भएपछि पार्टी कमिटीको बैठकबाट समाधान गर्न सकिन्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न अभियानका तर्फबाट ओलीसमक्ष अनुरोध गरेका छन्।

गौतमको विज्ञप्तिका लागि Statment-UML-Unification-1

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com