आईआरएसबाट चाइल्ड ट्याक्स क्रेडिटको रकम वितरण गर्ने हरेक महिनाका मितिहरु सार्वजनिक


प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार

अमेरिकामा आईआरएसले चाइल्ड ट्याक्स क्रेडिटको रकम वितरण गर्ने मितिहरु सार्वजनिक गरेको छ । आईआरएसले जुलाई १५ मा पहिलो किस्ता, अगस्त १३ मा दोश्रो किस्ता, सेप्टेम्बर १५ मा तेश्रो किस्ता, अक्टोबर १५ मा चौथो किस्ता, नोभेम्बर १५ मा पाँचौं किस्ता र डिसेम्बर १५ मा छैठौं किस्ता पठाउने भएको छ ।

झण्डै ३९ मिलियन अमेरिकन परिवारका लागि दोश्रो चरणको राहत प्याकेजमा समेटिएको समृद्ध चाइल्ड ट्याक्स क्रेडिट महत्वपूर्ण भाग हो । जस अनुशार हरेक ६ देखि १७ बर्षसम्मको हरेक बच्चाका लागि बुबाआमाहरुले बार्षिक ३ हजार डलरसम्म र हरेक ६ बर्षमुनीको हरेक बच्चाका लागि बार्षिक ३६ सय डलरसम्म पाउन सक्नेछन् । जस अनुशार मासिक किस्ता २५० डलरदेखि ३ सय डलरसम्म हुनेछ । बच्चाको संख्या अनुशार यो रकम बढ्दै जानेछ ।

उनीहरुको यो रकमको आधा रकम अग्रिम मासिक भुक्तानिका रुपमा जुलाईदेखि डिसेम्बरसम्म प्राप्त गर्नसक्नेछन् । ट्याक्स पोलिसी सेन्टरका अनुशार औषतमा ९० प्रतिशतभन्दा धेरै परिवारले ४३८० डलर प्राप्त गर्नेछन् । जुलाईदेखि डिसेम्बरसम्म अग्रिम रकम प्राप्त गर्न नचाहनेहरुले जुलाईको पहिलो साता अनलाइनमा गएर सन् २०२२ मा एकमुष्ठ रकम लिन चाहनेगरी अग्रिम भुक्तानी अस्वीकार गर्नसक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्याक्स फाइल गर्नु नपर्ने परिवारका लागि पनि विवरण बुझाउन अनलाइनमा व्यवस्था गरिनेछ । परिवारहरुले आफ्नो परिवर्तित विवरणहरु पनि अनलाइनमार्फत आईआरएसलाई बुझाउनुपर्नेछ । नयाँ बच्चा जन्मेको भएमा वा बैवाहिक स्थीतिमा परिवर्तन भएको भएमा पनि पोर्टलमार्फत जानकारी दिनुपर्नेछ । आइआरएसले जुलाई १ बाट अनलाइनमार्फत विवरण प्रदान गर्नसक्नेगरी पोर्टलको व्यवस्था गर्ने जनाएको छ ।

बच्चाका सन्दर्भमा प्राप्त गर्ने रकम आम्दानी र बच्चाको संख्यामा भर पर्छ । यदि तपाईको बार्षिक आम्दानी एकल कर फाइल गर्नेको सन्दर्भमा ७५ हजार वा त्योभन्दा कम, घरमुलीका रुपमा फाइल गर्नेको सन्दर्भमा १ लाख १२ हजार ५ सय वा त्योभन्दा कम र संयुक्त रुपमा फाइल गर्ने दम्पत्तिका सन्दर्भमा १ लाख ५० हजार डलर वा त्योभन्दा कम रहेको छ भने तपाईले चाइल्ड ट्याक्स क्रेडिटको पूरै रकम पाउनुहुनेछ । तर उक्त थ्रेसहोल्डभन्दा माथि आम्दानी छ भने हरेक १ हजार बढी आम्दानीका लागि चाइल्ड ट्रयाक्स क्रेडिट रकम ५० डलरले घट्दै जानेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com