ओलीको प्रस्तावमा लिखित जवाफ दिने नेपाल–खनाल समूहको निर्णय, सर्वोच्चको हस्ताक्षर फिर्ता नलिने


प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता जोगाउन भन्दै राखेको ६ बुँदे प्रस्तावका सम्बन्धमा माधव नेपाल–झलनाथ खनाल समूहले लिखित धारणा सार्वजनिक गर्ने भएको छ।

ओलीको प्रस्तावका सम्बन्धमा छलफल गर्न सोमबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीको प्रस्तावका सम्बन्धमा लिखित जवाफ नै दिने निर्णय गरेको हो।

ओलीले एकताका नाममा गरेको सार्वजनिक आह्वानलाई नेपाल समूहले षडयन्त्रका रुपमा समेत लिएको छ। २०७५ जेठ ३ पूर्वकै अवस्थामा फर्कन तयार रहेको बताउनु र सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिनु नै विरोधाभासपूर्ण रहेको नेताहरुको ठहर छ।

संविधानको रक्षार्थ आफूहरुले हस्ताक्षर गरेकाले त्यसलाई फिर्ता नलिने निर्णय उनीहरुले गरेका छन्। यद्यपि सहमतिमा यसको उपाय खोज्न सकिने उनीहरुले बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीलाई ओलीले सर्वोच्चमा देउवाजीलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्छ भन्नुभएको छ। अब कसरी त्यो हस्ताक्षर फिर्ता लिन सकिन्छ?,’ भुसालले भने, ‘हामीले गरेको हस्ताक्षर फिर्ता लिए केपी कमरेडले प्रतिनिधि सभा विघटन गल्ती थियो भनेर फिर्ता लिनुपर्छ। तबमात्रै फिर्ता लिन्छौं।’

यदि ओलीले त्यसो गरे आफूहरुलाई हस्ताक्षर फिर्ता लिन कुनै समस्या नभएको उनले बताए।

भुसालले ओलीको प्रस्तावमा बुँदागत रुपमै जवाफ दिने गरी खाका तयार भइरहेको बताए। उनले भने, ‘यो प्रस्ताव एकता बचाउने इमानदार मनसायबाट आएको देखिँदैन। त्यसैले हामी यसको जवाफ बुँदागत रुपमा लिखित नै दिँदैछौं।’

यसैबीच, ओलीको प्रस्तावका विषयमा नेता माधवकुमार नेपालले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांगेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com