पीपीपी ऋणमा जालसाजीका घटना उदांगिदै, घर र कार किन्ने पेन्सिलभेनियाका व्यापारी फन्दामा


प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार

अमेरिकी सरकारले कोरोनाको महामारीका कारण प्रभावित व्यवसायहरुलाई कर्मचारीहरुको तलब खर्चका लागि प्रदान गरेको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको मिनाहा हुने ऋणमा एकपछि अर्को जालसाजीका घटनाहरु सार्वजनिक भइरहेका छन् । सरकारले जालसाजीका घटनाहरुमा छानविन तीब्र पारेपछि पीपीपी ऋणमा जालसाजी गर्नेहरु फन्दामा परिरहेका छन् ।

भर्जिनियामा एकजना नेपाली पहिलेको निस्कृय कम्पनी र हालको कम्पनीबाट दोहोरो पीपीपी ऋण एउटै खातामा लिएपछि पीपीपी ऋणमा जालसाजीका कारण २ लाख ३० हजार डलर जरिवानामा परेको घटना लगत्तै संघीय अभियोजनकर्ताहरुले पेन्सिलभेनियाका एकजना ट्रकिङ कम्पनीका मालिकले पनि पीपीपी ऋणमा जालसाजी गरेको फेला पारेका छन् ।

४३ बर्षका किथ म्याकोनेलले बन्द भइसकेको कम्पनीमा २६ जना कामदारहरु देखाएर ३ लाख १२ हजार पीपीपी ऋण लिएका थिए । तर उनको कम्पनी सन् २०१९ र सन् २०२० मा सकृय नरहेको फेला परेको छ । उनले गतबर्षको जुनमा पहिलो चरणको पीपीपी ऋण लिएका थिए भने गत जनवरी २० मा सोही कम्पनीबाट १ लाख ५५ हजार २ सय डलरका लागि दोश्रो चरणको पीपीपी ऋणका लागि आवेदन दिएका थिए । दोश्रो चरणको ऋण भने उनले पाएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनलाई ४ लाख ६७ हजार २ सय डलर जालसाजीको अभियोग लगाइएको छ । उनले पीपीपी ऋण लिएर घर, दुईवटा गाडी किन्नुका साथै स्टक मार्केटमा समेत लगानी गरेका थिए । जुन क्षेत्रमा यो ऋण रकम खर्च गर्न अनुमति छैन ।

अभियोग प्रमाणित भएमा उनलाई १० लाख डलरसम्म जरिवाना र ३० बर्षसम्म जेल सजाय हुनसक्नेछ । तर जेल सजायको केही बर्ष जेलबाहिर पर्यवेक्षणमा समेत विताउन पाइनेछ ।

गतमहिनामात्र भर्जिनियाका एकजना व्यवसायीलाई पीपीपी ऋणमा जालसाजी गरेको ठहर गर्दै २ बर्षको जेल सजाय सुनाइएको थियो । उनले गलत रुपमा आफ्नो कम्पनीमा ८ जना कर्मचारी रहेको भन्दै ३ लाख ५० हजार पीपीपी ऋण प्राप्त गरेका थिए । उनले उक्त रकम पेरोलमा खर्च नगरी लास भेगस घुम्न खर्च गरेका थिए भने विजनेशसँग असम्बन्धित अन्य कैयन व्यक्तिलाई दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com