फ्लोरिडामा ग्रयाजुएसन पार्टीमा गोली चल्यो, ३ को मृत्यु, ५ घाइते


प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार

अमेरिकाको फ्लोरिडामा ग्रयाजुएसन पार्टीमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आइतबार विहानै बन्दुकधारीले अचानक आएर पार्टीमा अन्धाधुन्द गोली चलाएका थिए ।

स्थानीय स्ट्रप मलमा ग्रयाजुएसन पार्टी सकिन लागेको थियो । त्यती नै बेला चेभी मालिबु र टोयटा काम्री ब्राण्डका दुईवटा गाडीहरु पार्किङ लटमा रोकिएको थियो । ती गाडीबाट निस्केका व्यक्तिले भींडमा गोली चलाउन सुरु गरेका थिए ।

गोली लागेर मृत्यु हुनेमा दुईजना गाडीमा रहेकाहरु र एकजना फ्लोरिडाकी करेक्सन अफिसर रहेको जनाइएको छ । घाइते ५ जनाको अवस्था स्थीर रहेको जनाइएको छ । उनीहरु आफै स्थानीय अस्पतालमा गएका थिए । मृतक दुईजना र घाइतेहरुको परिचय सार्वजनिक गरिएको छैन ।

गोली चलेको स्ट्रीप मलमा एउटा हुक्का लाउन्ज रहेको छ भने अर्को रेष्टुरेण्ट रहेको छ । मायामीमा ३ जनाको मृत्यु र २० जनाभन्दा बढी घाइते भएको एकसाता लगत्तै आजको घटना भएको हो ।

मायामी डेड प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । अमेरिकामा महामारीका रुपमा फैलिएको बन्दुक हिंशाका घटनामा ठूलो संख्यामा सर्वसाधारणहरुको ज्यान जाने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com