अमेरिकी सरकारले पत्रकारले श्रोतलाई सम्पर्क गरेका रेकर्डहरु कब्जा नगर्ने


प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले पत्रकारहरुले समाचार संकलनका क्रममा विभिन्न श्रोतहरुलाई सम्पर्क गरेका रेकर्डहरु कब्जा नगर्ने भएको छ । समाचार संस्था र प्रेस स्वतन्त्रता सम्बन्धि समुहहरुले विगतमा सरकारको डिपार्टमेन्ट अफ जस्टिसले पत्रकारका रेकर्डहरु गोप्य रुपमा कब्जा गर्दै आएकोमा निन्दा गर्दै आएका थिए ।

राष्ट्रपति जो बाइडेनले गतमहिना पत्रकारका रेकर्डहरु सरकारले कब्जा गर्नु एकदमै गलत भएको बताएका थिए । उनले यो अभ्यासलाई निरन्तरता दिनबाट डिपार्टमेन्ट अफ जस्टिसलाई रोक्ने समेत बताएका थिए । त्यस लगत्तै डिपार्टमेन्ट अफ जस्टिसले आफ्नो नीतिमा परिवर्तन गर्दै पत्रकारका रेकर्डहरु कब्जा नगर्ने बताएको हो ।

पत्रकारहरुले सरकारका गोप्य सुचनाहरु सार्वजनिक गरेको अवस्थामा श्रोत पत्ता लगाउनका लागि विगतमा डेमोक्रेटिक र रिपब्लिकन प्रशासन दुबैले पत्रकारहरुका फोन वा इमेल सम्पर्कका लगायतका रेकर्डहरु प्राप्त गर्न अदालतका आदेश वा सुचनाहरुको प्रयोग गर्दै आएका थिए । हालै डिपार्टमेन्ट अफ जस्टिसले वासिंटन पोष्ट, न्युयोर्क टाइम्स र सीएनएनका पत्रकारहरुका फोन रेकर्डहरु ट्रम्प प्रशासनका पालामा नै आफूहरुले प्राप्त गरेको भन्दै तीनवटा समाचार संस्थाका पत्रकारहरुलाई अलर्ट गराएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क टाइम्सले शुक्रबार चारजना पत्रकारहरुको इमेल रेकर्ड प्राप्त गर्नका लागि गोप्य अदालती लडाईबारे खुलासा गर्न संचारमाध्यमलाई रोक लगाउने गलत आदेशबारे समाचार प्रकाशित गरेको थियो । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले न्युयोर्क टाइम्समा समाचार प्रकाशित हुनु अगाडि ह्वाइटहाउसमा कसैलाई पनि त्यस्तो आदेशबारे थाहा नभएको शनिबार बताएकी थिइन् ।

छुट्टै वक्तक्यमा जस्टिस डिपार्टमेन्टका प्रवक्ता एन्थोनी कोलेले अबदेखि जस्टिस डिपार्टमेन्टले संचारमाध्यमका सदस्यहरुले आफ्नो काम गर्ने क्रममा श्रोतहरुलाई सम्पर्क गरेका रेकर्डहरु प्राप्त गर्न कुनै कानूनी प्रकृया नचाल्ने बताएका छन् । लामो समयदेखिको अभ्यासमा परिवर्तन गर्दै स्वतन्त्र प्रेस र पहिलो संसोधनलाई महत्व दिदै पत्रकारको स्वतन्त्रताको सुनिश्चित गर्न उचित कदम चालिने उनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com