अमेरिकामा बसोबासका लागि उत्कृष्ट सिटी: पहिलोमा उडल्याण्ड्स, न्युयोर्क सिटी ६६ औं नम्बरमा
प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार
अमेरिकामा बसोबासका लागि उत्कृष्ट सिटीहरुको तथ्यांक तयार पर्ने निसले टप उत्कृष्ट सिटीहरुको विवरण सार्वजनिक गरेको छ । बसोबास, अपराधको दर, विद्यालयहरु, रोजगारी लगायतका कैयन तत्वहरुको आधारमा र एफबीआई, सीडीसी, बीएलएस लगायतका तथ्यांकका आधारमा निसले बसोबासका लागि उत्कृष्ट सिटीहरुको विवरण तयार पारेको हो ।
अमेरिकाभरमा नै बसोबासका लागि उत्कृष्ट सिटीको पहिलो नम्बरमा टेक्सासको उडल्याण्ड्सलाई राखिएको छ । यो सिटीमा झण्डै १ लाख १३ हजार जनसंख्या रहेको छ । त्यस्तै दोश्रो उत्कृष्ट सिटीमा भर्जिनियाको आर्लिङटन रहेको छ, जहाँ झण्डै २ लाख ३३ हजार जनसंख्या रहेको छ ।
तेश्रोमा इलिनोयको नापरभिल, चौथोमा कन्सासको ओभरल्याण्ड पार्क रहेको छ । यी सिटीहरुले समग्र ग्रेड ए प्लस पाएका छन् भने सरकारी स्कुलमा पनि ए प्लसकै ग्रेड पाएका छन् । पाँचौंमा मासाचुसेट्सको क्याक्ब्रीज रहेको छ । समग्रमा ए प्लस पाएको यो सिटीले सरकारी स्कुलका सन्दर्भमा भने ए ग्रेड पाएको छ ।

छैठौंमा मिसिगनको एन आर्बर, सातौंमा टेक्सासको प्लानो, आठौंमा मेरिल्याण्डको कोलम्बिया, नबौंमा क्यालिफोर्नियाको बर्कले रहेको छ । त्यस्तै दशौंमा वासिंटनको बेलिभ्यु, एघारौंमा क्यालिफोर्नियाको अर्भाइन, बाह्रौंमा टेक्सासकै रिचर्डसन रहेको छ । तेह्रौंमा वासिंटनको शियाटल, चौधौंमा विसकन्सिनको म्याडिसन, पन्ध्रौंमा क्यालिफोर्नियाको सान फ्रान्सिस्को रहेको छ ।
त्यस्तै १६ औंमा क्यालिफोर्नियाको सन्नीभेल, १७ औंमा नर्थ क्यारोलिनाको रालेह, १८ औंमा कोलोराडोको बोल्डर रहेको छ । जर्जियाको सेन्डी स्प्रीङ १९ औंमा रहेको छ भने क्यालिफोर्नियाको टोरेस २० औं नम्बरमा रहेको छ । मिनिसोटाको मिनापोलिस २१ औं नम्बरमा र भर्जिनियाको अलेक्जान्ड्रिया २२ औं नम्बरमा रहेका छन् । क्यालिफोर्नियाको सान्टा क्लारा २३ औं नम्बरमा रहेको छ ।
टेक्सासको अष्टिन २६ औं नम्बरमा, पेन्सिलभेनियाको पिट्सबर्ग ३० औं नम्बरमा, वासिंटन डिसी ३६ औं नम्बरमा, बोष्टन ३९ औं नम्बरमा, टेक्सासको अर्भिङ ४१ औं नम्बरमा, एटलान्टा ४२ औं नम्बरमा, कन्सास सिटी ६० नम्बरमा, सान डिएगो ६२ औं नम्बरमा रहेका छन् । त्यस्तै पोर्टल्याण्ड ६३ नम्बरमा, न्युयोर्क सिटी ६६ नम्बरमा, ह्युस्टन ७४ नम्बरमा, डेनभर ७५ नम्बरमा, जर्सी सिटी ७९ नम्बरमा, शिकागो ८२ नम्बरमा, डलास ८४ नम्बरमा, कोलसम्ब ८७ नम्बरमा, फ्लोरिडाको ज्याक्सनभिल १ सय नम्बरमा रहेका छन् ।
सम्पूर्ण सुची यहाँ हेर्नुहोला ।





