फ्लोरिडामा क्लबमा गोली प्रहार, २५ घाइते, २ को मृत्यु, ३ आक्रमणकारी फरार


प्रकाशित मिति : जेष्ठ १६, २०७८ आईतबार

अमेरिकाको फ्लोरिडामा एउटा क्लबमा शनिबार मध्यरातपछि गोली चल्दा कम्तीमा २५ जना घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ । सेतो निशान गाडीमा गएका तीनजना व्यक्तिले क्लबमा छिरेर भींडमा अन्धाधुन्द गोली चलाएका थिए ।

आक्रमणकारीहरु गाडीबाट राइफल र ह्याण्डगनसहित बाहिर निस्केका थिए । त्यसपछि उनीहरुले गोली चलाउँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आक्रमणकारीहरु अहिलेसम्म पनि फरार रहेको र प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ । टेलिभिजन पर्सनालिटी मर्कुस लेमोनिसले आक्रमणकारी पक्राउ पर्नेगरी सुचना दिने व्यक्तिलाई १ लाख डलरको पुरस्कारको घोषणा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा बन्दुक हिंशाका घटनाहरु भइरहँदा फ्लोरिडाको बिलियार्ड क्लबमा यो घटना भएको हो । आक्रमणकारीलाई गोली चलाउनका लागि के कुराले प्रेरित गरेको थियो भन्नेबारे पनि केही खुलेको छैन ।

शुक्रबारमात्र मायामीको वेनउड डिस्ट्रिक्टमा भएको गोलीकाण्डमा एकजनाको मृत्यु भएको थियो । उक्त घटनामा अरु ६ जना घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com