क्यालिफोर्नियामा यातायातमा काम गर्ने कामदारले गोली चलाएर ८ जनाको हत्या


प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार

क्यालिफोर्नियामा रेल यातायातमा काम गर्ने एकजना कामदारले गोली चलाएर ८ जनाको हत्या गरेका छन् । सान होजेको भ्याली ट्रान्सपोर्टेशन अथोरिटीमा काम गर्ने ५७ बर्षका साम क्यासिडीले ८ जनाको हत्या गरेपछि गोली हानेर आफ्नो ज्यान पनि लिएका थिए ।

नियन्त्रणमा लिनका लागि प्रहरी नजिकै पुग्दा बन्दुकधारीले गोली चलाएर आफ्नो पनि ज्यान लिएको प्रहरीले जनाएको छ । घटनामा घाइते एकजनाको स्थानीय अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ ।

घटना के कारणले गराइएको हो र कस्तो बन्दुकको प्रयोग गरिएको हो भन्नेबारे प्रहरीले केही सार्वजनिक गरेको छैन । अमेरिकामा आम नरसंहारका घटनाहरु महामारीका रुपमा बृद्धि भइरहेको सन्दर्भमा यो पछिल्लो घटना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय समय अनुशार विहान साढे ६ बजे गोलीकाण्ड भएको जनाइएको छ । मृतकमध्ये एकजना भारतीय मूलका भएको जनाइएको छ । बन्दुकधारीले यातायात सेवामा सन् २०१२ देखि नै काम गर्दै आएको जनाइएको छ ।

गतबर्ष बन्दुकधारीले १ लाख २ हजार डलर, अन्य सुविधा र ओभरटाइम काम गरेबापत थप २० हजार डलर कमाएको रेकर्डमा देखिएको छ । कामदारहरुले रेलहरु मर्मत गरिरहेको स्थानमा गोली चलाएको प्रहरीले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com