न्युजर्सीमा सयौं जम्मा भएको हाउस पार्टीमा अन्धाधुन्द गोलीप्रहार, २ को मृत्यु, दर्जनबढी घाइते
प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार
अमेरिकाको न्युजर्सीमा सयौं व्यक्ति जम्मा भएको हाउस पार्टीमा अन्धाधुन्द गोलीप्रहार भएको छ । कम्बरल्याण्ड काउन्टीमा भएको पार्टीमा गोली चल्दा २ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकमा ३० बर्षका पुरुष र २५ बर्षकी महिला भएको जनाइएको छ ।
शनिबार मध्यरातमा गोली चलेको र कुपर युनिभर्सिटी अस्पतालमा ६ जनालाई भर्ना गरिएको जनाइएको छ । कतिजनालाई अस्पतालमा भर्ना गरिएको छ भन्ने कुरा स्पष्ट छैन । घाइतेहरुको केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
State Police Investigating Shooting in Cumberland County, 14 Shot and 2 Confirmed Deaths
The NJSP is investigating a fatal shooting that killed a man and a woman and injured 12 others at a residential party in Cumberland County last night.
https://t.co/3Bnfk0M7HS pic.twitter.com/48jhOLTNd8— NJSP – State Police (@NJSP) May 23, 2021
अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको र घटनाको उद्देश्य पनि स्पष्ट थाहा नभएको न्युजर्सी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । न्युजर्सीका गभर्नर फिल मर्फीले घटनाबारे कुनै जानकारी भएमा कानून कार्यान्वयन निकायलाई उपलब्ध गराएर सहयोग गर्न आव्हान गरेका छन् ।
Since late last night, the @NJSP and county and local law enforcement in Cumberland County have been investigating the horrific mass shooting at a large house party in Fairfield Township that attracted hundreds of party-goers. pic.twitter.com/zA2dRvJ9Dq
— Governor Phil Murphy (@GovMurphy) May 23, 2021
सुरुमा आफूलाई पटका पड्काएको जस्तो लागेको र तर पछि गोली चलेको थाहा पाएको छिमेकीहरुले बताएका छन् । उनीहरुले लगातार ९ पटकसम्म गोलीको आवाज सुनेको बताएका छन् । पार्टीमा जाँदा बन्दुक लिएर जानुको उद्देश्य समस्याको अपेक्षा गरेको ठहर्ने छिमेकी माइकल केनले बताए ।
On Sat., May 22, at 11:50 p.m., NJSP responded to a residence on E. Commerce St. in Fairfield Twp., Cumberland Co. for the report of a shooting with multiple victims.
Troopers are on scene investigating. There is no additional information at this time. Updates to follow. #alert
— NJSP – State Police (@NJSP) May 23, 2021





