अलाबामा स्कुलहरुमा ३० बर्षदेखिको योगामा प्रतिबन्ध हटाइयो, तर योगा गर्दा ‘नमस्ते’ भन्न नपाइने


प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार

अलाबामाका गभर्नर के आईवेले तीसबर्षदेखि सार्वजनिक विद्यालयहरुमा योगामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै विद्यालयहरुमा योगालाई अनुमति दिने बिलमा हस्ताक्षर गरेका छन् । रुढीवादी क्रिश्चियनहरुले मान्छेहरुलाई हिन्दुवादी बनाउन ढोका खुल्ने भन्दै योगामाथि प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउँदै आएका थिए ।

नयाँ कानूनले प्राथमिक र माध्यामिक विद्यालयहरुमा अब विद्यार्थीहरुले ऐच्छिक रुपमा योगालाई अनुमति दिएको छ । तर विद्यार्थीहरुले योगाका क्रममा तत्कालका लागि नमस्ते भने उच्चारण गर्न पाउने छैनन् । त्यस्तै ध्यान गर्नका लागि पनि तत्कालका लागि अनुमति दिइने छैन ।

मन्त्रहरु उच्चारण गर्न, मन्त्रहरु प्रयोग गर्न, मुद्राहरु र मण्डलाहरुको प्रयोग गर्न पनि रोक लगाइएको छ । सबै योगाका आसनहरु र अभ्यासहरुलाई अँग्रेजी नाम प्रयोग गर्नुपर्ने समेत बिलमा उल्लेख छ । कुनै पनि विद्यार्थीहरुले रुखाशन गर्नका लागि अभिभावकको लिखित अनुमति आवश्यक पर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलाबामामा सार्वजनिक विद्यालयहरुमा सन् १९९३ देखि योगा प्रतिबन्ध लगाइएको थियो । योगाबारेको भ्रम चिर्न र योगामाथिको प्रतिबन्ध हटाउनका लागि एकबर्ष अगाडि राज्य संसदमा डेमोक्रेटिक सांसद जेरेमी ग्रे ले यो बिल ल्याएका थिए । अन्तत यो बिल दुबै सदनबाट पारित भएर गभर्नरले हस्ताक्षर गरेपछि लागु भएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com