बाइडेन आगामी राष्ट्रपति चुनावमा उठ्ने, ट्रम्पले उम्मेदबारी दिए कम आकलन नगरिने


प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार

ह्वाइट हाउसका चिफ अफ स्टाफ रोन क्लेनले आगामी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले उम्मेदबारी दिएमा त्यसलाई बढी वा कम आकलन गर्न नचाहने बताएका छन् । ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा आफूले उम्मेदबारी दिने संकेत गर्दै आएका छन् ।

कुनै पनि व्यक्ति अमेरिकाको दुईकार्यकाल राष्ट्रपति हुनसक्ने प्रावधान रहेका कारण ट्रम्पलाई अर्को चुनावमा उम्मेदबारी दिनमा रोक लाग्नेछैन । साथै ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव पारित नभएकाले र ट्रम्पलाई अर्को चुनावमा उठ्न रोक नलगाइएकाले ट्रम्पलाई आगामी चुनामवा उम्मेदबारी दिनका लागि कानूनी रुपमा कुनै अवरोध छैन ।

ह्वाइट हाउस चिफ अफ स्टाफ क्लेनले सन् २०२४ को चुनावमा जो बाइडेनले उम्मेदबारी दिने सम्भावना रहेको बताएका छन् । तर उनले भने यदि डोनाल्ड ट्रम्पले उम्मेदबारी दिने निर्णय गरेमा उनलाई विपक्षीका रुपमा कम वा बढी आकलन गर्न चाहन्न ।

सन् २०२० मा डोनाल्ड ट्रम्पको रेकर्ड खराब भएको र बाइडेन अर्कोपटक पनि चुनाव उठ्ने भएमा शक्तिशाली रेकर्डहरुको संयोजन गर्नतिर लाग्ने क्लेनको भनाई छ । गत मार्चमा एउटा पत्रकार सम्मेलनमा जो बाइडेनले आफू सन् २०२४ को चुनावमा पनि उठ्ने बताएका थिए ।

उता ट्रम्पले भने अहिलेसम्म पनि २०२० को चुनावको नतिजा औपचारिक रुपमा स्वीकारको छैनन् । उनले गतसाता आफूले गर्ने घोषणाबाट जनताहरु एकदमै खुशी हुने बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com