न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा २ महिला र ४ बर्षकी बालिका घाइते


प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार

न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा २ महिला र ४ बर्षकी बालिका घाइते भएका छन् । शनिबार साँझ भएको घटनामा टाइम्स स्क्वायरमा गएका निर्दोषहरु घाइते भएको जनाइएको छ ।

सेभेन्थ एभिन्यु र ४५ स्ट्रीट नजिकै गोली चलेको प्रहरीले जनाएको छ । न्युयोर्कको बु्रकलिन निवासी ४ बर्षकी बालिकाको खुट्टामा गोली लागेको जनाइएको छ । परिवारसका सदस्यसँगै टाइम्स स्क्वायर गएकी उनलाई अस्पतालमा भर्ना गरिएको छ भने शल्यक्रिया गरिएको छ ।

रोढ आइल्याण्ड निवासी २३ बर्षकी अर्की पर्यटकको पनि खुट्टामा गोली लागेको छ । तेश्रो घाइते न्युजर्सीकी ४३ बर्षकी महिला रहेको र उनको पनि खुट्टामा नै गोली लागेको प्रहरीले जनाएको छ । सबै घाइतेलाई उपचारका लागि बेलभ्यु अस्पतालमा लगिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार वा त्यो भन्दा धेरै पुरुषहरुबीच विवाद भएको र एउटाले बन्दुक निकालेर हान्न थालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तर घटनामा घाइते हुनेहरु भने सडकमा हिडिरहेका सर्वसाधारणहरु रहेका छन् । घटनामा तीन जना घाइतेहरु पनि एकअर्कासँग अपरिचित हुन् ।

घटनामा गोली चलाउने व्यक्ति एकजनामात्रै रहेको प्रहरीको भनाई छ । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ । प्रहरीले घटनास्थलबाट एउटा हाते बन्दुक समेत बरामद गरेको छ ।

ग्तबर्षदेखि न्युयोर्कमा गोलीकाण्डका घटनामा उल्लेख्य बृद्धि भएको छ । गतबर्षको जनवरीदेखि गतबर्षकै मे २ सम्मको अवधिसँग यो बर्षको जनवरीदेखि मे २ सम्मको अवधिको तुलना गर्दा गोलीकाण्डका घटनामा न्युयोर्क सिटीमा ८३ प्रतिशत बृद्धि भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com