चाइनीज रकेटका टुक्राहरु खसे इन्डियन ओसनमा


प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार

चीनको विशाल रकेटका टुक्राहरु आइतबार इन्डियन ओसनमा खसेका छन् । रकेटका अधिकांश भागहरु पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ ध्वस्त पारिएको थियो ।

गत अप्रिल २९ मा चीनको रकेट असफल भएपछि नै यसबारे चिन्ता व्यक्त गरिएको थियो । तर चीनको अन्तरीक्ष एजेन्सीले रकेटका टुक्राहरु वायुमण्डलमा नै जलाइएको बताएको थियो ।

चीनको स्थानीय समय अनुशार आइतबार बेइजिङ समय अनुशार विहान १० बजेर २५ मिनेट (नेपाली समय विहान ८ बजेर ९ मिनेट) जाँदा रकेटका भागहरु पृथ्वीको वायुमण्डलमा पुन प्रवेश गरेका थिए । अमेरिकाको स्पेस कमाण्डले पनि रकेटका भागहरु अरेबियन पेनिन्सुलामा झरेको बताएको छ तर यसले पानी वा जमिनमा कुनै प्रभाव पारे नपारेको केही बताइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो रकेट चीनले दोश्रोपटक प्रक्षेपण गरेको हो । गतबर्ष यही रकेटको पहिलो संस्करण प्रक्षेपण गर्दा रकेट टुक्राटुक्रा भएर आइभरी कोष्टमा झरेको थियो । जसका कारण केही भवनमा क्षति पुगेको थियो । तर कोही घाइते भएको समाचार भने आएको थिएन ।

अन्तरीक्ष यान पठाउने मुलुकहरुले त्यस्ता बस्तुहरु पृथ्वीमा पुन प्रवेश गर्दा मान्छे र सम्पत्तिमा हुने जोखिम कम गर्नुपर्ने र त्यस्ता अपरेशनका सन्दर्भमा पारदर्शीता कायम गर्नुपर्ने भन्दै अमेरिकाले आलोचना गरेको छ । चीनले त्यस सन्दर्भमा उचित मापदण्ड पूरा गर्न असफल भएको भन्दै नासाले आलोचना गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com