एरिक आडम्स न्युयोर्क सिटी मेयरमा निर्वाचित भए जातीय र सामुदायिक मिडिया अफिस बनाउने


प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार

डेमोक्रेटिक प्राइमरीमा न्युयोर्क सिटीको मेयरका उम्मेदबार एरिक आडम्सले आफू निर्वाचित भएमा मेयर अफिसमा जातीय र समुदायिक मिडियाको कार्यालय समेत स्थापना गर्ने योजना घोषणा गरेका छन् । उक्त अफिसले न्युयोर्कमा रहेका जातीय विविधता भएका समुदायहरु तथा विभिन्न भाषाका जातीय र सामुदायिक मिडियाप्रतिको न्युयोर्क सिटीको प्रतिबद्धतालाई विस्तार गर्नेछ ।

आर्थिक संकट र महामारीबाट पुनर्जीवन प्राप्त गर्दै गर्दा न्युयोर्क सिटीको आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक जीवनशक्ति ती समुदायहरुमा भर पर्ने आडम्सको अभियानबाट जारी वक्तब्यमा उल्लेख छ । एरिक आडम्सले भनेका छन् – ‘हाम्रो सिटी अमेरिकामा नै सबैभन्दा बढी विविधता भएको सिटी हो । र उक्त विविधताको प्रतिनिधित्व पाँचवटै बरोमा रहेका जातीय र सामुदायिक मिडियाहरुले प्रतिनिधित्व गर्छन् ।’

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘यी मिडयाहरुले हाम्रो समुदायलाई शशक्त बनाउन खेलेको भूमिकाप्रति म वास्तवमै कृतज्ञ छु । न्युयोर्कबासीहरुका लागि अत्यावश्यक सुचनाहरु प्रदान गर्ने कामको निरन्तरताका लागि ती मिडियाहरुलाई आवश्यक पर्ने साधनश्रोतको विस्तारका लागि म प्रतिबद्ध छु ।’ –  एरिक आडम्सले भने ।

बु्रकलिन बोरो प्रेसिडेण्ट समेत रहेका आडम्सले सिटी काउन्सिल सदस्य इडानिस रोड्रिगेजसँगको सहकार्यमा यसै महिनाको अन्तिममा प्रस्तावित बिल समेत पेश गर्ने भएका छन् ।

मेयर अफिसमा जातीय र समुदायिक मिडियाको कार्यालयले ५ जनाभन्दा कम कर्मचारी भएका जातीय तथा सामुदायिक रेडियो र टिभी स्टेशनलाई सिटीभर विस्तार गर्न सहयोग गर्नेछ । सामुदायिक र जातीय संचारमाध्यमलाई विज्ञापनहरु उपलब्ध गराउने लगायतका काम गर्नुका साथै अत्वाश्यक सुचनाहरु र श्रोतहरु उपलब्ध गराउनेछ । जातीय र सामुदायिक मिडियामा सरकार सम्बन्धित सुचना र घोषणाहरुको निष्पक्ष र बराबर वितरणको सुनिश्चितता गर्नेछ ।

५ जनाभन्दा कम कर्मचारीका साथ अल्पसंख्यक र महिलाहरुले संचालन गरेका मिडियाहरुलाई मिडिया अभियान र विशेष योजनाहरु संचालनका लागि सिटी एजेन्सीलाई प्रकृया अगाडि बढाउन सहज बनाइने समेत जनाइएको छ ।

अहिले कार्यकारी आदेशले सिटी एजेन्सीहरुलाई बार्षिक विज्ञापनको आधा रकम सामुदायिक र जातीय संचारमाध्यममा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । यो रकम सन् २०२० मा १० मिलियन डलर रहेको थियो । यसमा सामुदायिक टेलिभिजन र रेडियो समावेश छैनन् । न्युयोर्क सिटीमा झण्डै ३ सय सामुदायिक र जातीय मिडियाहरु संचालनमा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com