अमेरिकी राष्ट्रपतिको पहिलो विदेश भ्रमण युके र बेल्जियम, उपराष्ट्रपतिको मेक्सिको र ग्वाटेमाला


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पहिलो विदेश भ्रमण मेक्सिको र ग्वाटेमाला हुने भएको छ । आगामी जुन ७ र ८ मा ह्यारिसले यी देशहरुको भ्रमण गर्ने जनाइएको छ । यो उनको उपराष्ट्रपतिको हैसियतमा पहिलो विदेश भ्रमण हुनेछ ।

ह्यारिस र मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेजबीच यसैसाता पनि कुराकानी हुने जनाइएको छ । उनीहरुबीच अमेरिका लक्ष्यीत आप्रवासनका सन्दर्भमा कुराकानी हुने उपराष्ट्रपति ह्यारिसले जानकारी दिएकी छिन् ।

गत मार्चमा राष्ट्रपति जो बाइडेनले दक्षिणी सिमानामा आप्रवासन सन्दर्भमा अमेरिकी प्रयासको नेतृत्वका लागि ह्यारिसलाई जिम्मा दिएका थिए । मेक्सिको र उत्तरी त्रिभुज देशहरुसँगको आप्रवासन सम्बन्धमा अमेरिकी प्रयासलाई नेतृत्वका लागि ह्यारिस सबैभन्दा योग्य व्यक्ति रहेको बाइडेनले बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति जो बाइडेनले भने राष्ट्रपतिका रुपमा पहिलो विदेश भ्रमण बेलायत र बेल्जियम गर्ने भएका छन् । आगामी जुनमा बाइडेनले बेलायतमा हुने जी सेभेन सम्मेलन र ब्रसेल्समा हुने नाटो बैठकमा भाग लिनेछन् ।

बाइडेनले एकसयदिनको अवधिमा ९ वटाराज्यको भ्रमण गरेका छन् । जबकी ट्रम्पले यो अवधिमा १० वटा राज्यको भ्रमण गरेका थिए भने ओबामाले ११ वटा राज्यको भ्रमण गरेका थिए । एकसयदिनको अवधिमा बाइडेनले कुनै पनि विदेश भ्रमण भने गरेका छैनन् । ट्रम्पले पनि एकसयदिनमा कुनै देश भ्रमण गरेका थिएनन् । ओबामाले भने ९ वटा देशको भ्रमण गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com