ट्रम्पको फेसबुक एकाउन्टमा प्रतिबन्ध लगाउने निर्णयमा निरीक्षण बोर्डको समर्थन


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

फेसबुकको निरीक्षण बोर्डले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्टमाथि लगाएको प्रतिबन्धलाई अहिलेका लागि समर्थन गरेको छ । तर फेसबुकले ट्रम्पको एकाउन्टमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाउनु गलत भएको ठहर गरेको छ ।

निरीक्षण बोर्डले फेसबुकलाई कुन मापदण्डका आधारमा प्रतिबन्ध लगाइएको भन्ने सन्दर्भमा जवाफ दिन  ६ महिनाको अवधि दिएको छ । ट्रम्पको फेसबुक एकाउन्टबारे निरीक्षण बोर्डको निर्णय बहुप्रतिक्षित रहेको थियो । जनवरी ६ मा संसदमा ट्रम्प समर्थकहरुले संसद भवनमा हुलदंगा गरेपछि ट्रम्पको फेसबुकमा प्रतिबन्ध लगाउनु कम्पनीको निर्णय सही भएको बोर्डले ठहर गरेको छ ।

तर स्पष्ट मानक विना नै फेसबुकले ट्रम्पको एकाउन्टमा प्रतिबन्ध लगाएको बोर्डको भनाई छ । कम्पनीले प्लेटफर्मका अन्य प्रयोगकर्ताहरुमा लागु हुने नियम अनुरुप नै ट्रम्पको फेसबुक एकाउन्टका बारेमा निर्धारण गर्नुपर्ने बोर्डले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्पनीले ट्रम्पको एकाउन्ट पुनस्थापना गर्ने, अस्थायी रुपमा खारेज गर्ने वा स्थायीरुपमा प्रतिबन्ध लगाउने भन्नेबारे निर्धारण गर्नसक्ने बोर्डले जनाएको छ । ट्रम्पले आफूलाई फेसबुकमा प्रतिबन्ध लगाइनु पूर्णरुपमा अपमान रहेको र कम्पनीले त्यसको राजनीतिक मूल्य तिर्नुपर्ने चेतावनी दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com