अमेरिकामा बच्चा जन्मिने दर ४ दशक यताकै कम


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

अमेरिकामा बच्चाहरु जन्मिने दर ४ दशक यताकै कम भएको संघीय सरकारबाट सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । अमेरिकन महिलाहरुले बच्चा जन्माउने दर सन् १९७९ कै कम भएको देखिएको हो ।

सन् २०२० मा अमेरिकन महिलाहरुले ३६ लाख बच्चाहरु जन्माएको र गतबर्षको तुलनामा यो दर ४ प्रतिशतले कम भएको सीडीसीको तथ्यांकमा उल्लेख छ । अमेरिकामा कुल प्रजननमा १ दशमलव ६४ मा गिरावट भएको छ । सन् १९३० को दशकबाट सरकारले ट्रयाकिंग सुरु गरेयताको यो सबैभन्दा कम दर हो ।

आधारभूत सामाजिक र आर्थिक सिफ्टका कारण प्रजननमा ह्रास आएको जनसांख्यिकीयहरुले जनाएका छन् । सन् २००७ मा मन्दी सुरु हुनुभन्दा अगाडि अमेरिकामा बच्चा जन्मिने दर बृद्धि भएको थियो । तर आर्थिक मन्दीले बच्चाहरु जन्माउने दरमा पनि कम आएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि अमेरिकाको अर्थतन्त्र सुदृढ बन्दै गएपनि बच्चा जन्मिनेदर भने सुदृढ हुन सकेन । ठूलो मन्दीपछि जन्मदरमा कहिले पनि बृद्धि हुन नसकेको युनिभर्सिटी अफ न्यु ह्याम्पशायरका बरिष्ठ डेमोग्राफर प्रोफेसर केनथ जोन्सनले बताएका छन् । आफूले महिलाको उमेरको ३० को दशकमा प्रजननमा बृद्धिका लागि कैयन बर्षसम्म कुरेपनि कहिलेपनि त्यस्तो हुन नसकेको उनले बताए ।

सन् २००७ देखि कम पजननका कारण ७६ लाख बच्चाहरु कम जन्मिएको प्रोफेशर जोन्सनको अनुमान छ । छुट्टै अर्को तथ्यांकमा गत डिसेम्बरमा बच्चा जन्मिने दरमा ७ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । ४० देखि ४४ बर्षसम्मका महिलाहरुमा जन्मदर २ प्रतिशतले गिरावट आएको तथ्यांकमा देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com