अमेरिकामा मासिक २ हजार डलरको राहत चेक माग गर्दै २ मिलियनबाट हस्ताक्षर


प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार

अमेरिकामा मासिक २ हजार डलरको राहत चेक माग गर्दै २ मिलियन भन्दा धेरैले हस्ताक्षर गरेका छन् । महामारी समाप्त नहुन्जेलसम्म हरेक महिना २ हजार डलरको राहत चेक पाउनुपर्ने मागका साथ अनलाइनमा हस्ताक्षर अभियान चलाइएको हो ।

चेन्ज डट ओर्गमा ३ मिलियन हस्ताक्षरको लक्ष्यसहित यो अभियान चलाइएको हो । डेनभरका एकजना रेष्टुरेण्ट संचालकले अमेरिकाको प्रतिनिधिसभा र सिनेटलाई सम्बोधन गर्दै हस्ताक्षर अभियान चलाएका हुन् । महामारीभर हरेक बयस्कलाई मासिक २ हजार डलर र बालबालिकाहरुलाई मासिक १ हजार डलर माग गरिएको छ ।

तत्कालै राहत चेक उपलब्ध गराउनुपर्ने र हरेक महिना दोहोराएर पठाउनु पर्नेमागका साथ त्यसो भएमा मात्र आफूहरुले पानीबाट माथि टाउको उठाउनसक्ने अवस्था आउने याचिकामा उल्लेख गरिएको छ । मुलुकलाई स्वस्थ्य राख्ने एउटा भागका रुपमा काम गरिहँदा जनताहरु आर्थिकरुपमा खत्तम नहुने अवस्था संसदले सुनिश्चित गर्नुपर्ने याचिकामा माग गरिएको छ ।

यदि यो याचिकामा ३ मिलियन हस्ताक्षर संकलन भएको खण्डमा चेन्ज डट ओर्गमा सबैभन्दा बढी हस्ताक्षर गरिएकोमध्येको एउटा याचिका हुनेछ । दर्जनौं अमेरिकी सांसदहरुले यसअगाडि नै महामारीको अन्त्य नहुँदासम्म हरेक महिना अमेरिकनहरुलाई राहत चेक पठाउनुपर्ने दवाव राष्ट्रपति जो बाइडेन समक्ष पेश गरिसकेका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com