भारतबाट फर्कने अस्ट्रेलियन नागरिकलाई समेत ५ बर्ष जेल वा ६६ हजार डलर जरिवाना हुन सक्ने


प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार

अष्ट्रेलियन सरकारले भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएकाले अस्ट्रेलियन सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय हुनसक्ने जनाएको छ । भारतमा जोखिम समुहमा रहेका अष्ट्रेलियनहरुको संख्या उल्लेख्य भएपछि अष्ट्रेलियन सरकारले यस्तो निर्णय गरेको हो ।

भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्या उल्लेख्य रहेको छ । अस्ट्रेलियाले भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध पनि लगाइसकेको छ ।

भारतमा हाल झण्डै नौ हजार अस्ट्रेलियन नागरिक रहेको अनुमान गरिएको छ । उनीहरुमध्ये ६ सय जनालाई जोखिम समूहमा राखिएको बीबीसीले जनाएको छ ।

भारतबाट फर्कदै गरेका अस्ट्रेलियाका नागरिकमाथि सरकारको कदमको कतिपयले विरोध समेत गरेका छन् । आफूहरुका परिवारहरू भारतमा मरिरहेको र त्यहाँबाट निस्कनुको विकल्प नरहेको अवस्थामा उनीहरुलाई निकाल्न पहल गर्नुको साटो यस्तो प्रतिबन्ध लगाइनु गलत रहेको भन्दै विरोध भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत १४ दिनमा भारतको यात्रा गरेका अष्ट्रेलियनहरुलाई समेत सोमवारबाट लागु हुने गरी यात्रा प्रतिबन्ध लगाइएको छ। उक्त नियम उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्ने जनाइएको छ ।

अमेरिकाले पनि मे ३ को राती १२ बजेपछि अर्थात् मे ४ मंगलबार सुरु हुनासाथ लागु हुनेगरी भारतबाट अमेरिका आउनमा अधिकांशलाई यात्रा प्रतिबन्ध लगाएको छ । विश्वभर देखिएका कोरोनाका संक्रमणहरुमा एक तिहाई भारतमा देखिएको र अमेरिका प्रवेश गर्ने यात्रुहरुबाट अमेरिकाको जनस्वास्थ्यलाई संरक्षण गर्नुपर्ने भएकाले नयाँ मापदण्डको घा्षणा गरिएको हो । यो प्रतिबन्ध अनुशार विगत १४ दिनमा भारतमा रहेका अमेरिकी नागरिकबाहेकका अधिकांश यात्रुहरुलाई अमेरिका आउनमा रोक लगाइएको छ ।

ग्रिनकार्डवाहक, परिवारका सदस्यहरु र विद्यार्थी लगायतका अन्य केही गैर नागरिकहरुलाई भने अमेरिका आउनमा छुट दिइएको छ । भारतमाथि लगाइएको यात्रा प्रतिबन्धको निर्णय एकदमै छिटो गरिएको र २४ घण्टामै यो निर्णयमा पुगिएको जनाइएको छ ।

भारतमा विगत ९ दिनदेखि हरेक दिन ३ लाखभन्दा बढी कोरोना संक्रमण पुष्टी भइरहेका छन् । शुक्रबारमात्र भारतमा थप कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ३ लाख ८६ हजार ४ सय ५२ रहेको थियो ।

बेलायत, जर्मनी, इटली र सिंगापुर लगायतले पनि भारतबाट आउने यात्रुहरुमाथि यस्तै प्रतिबन्धहरु लगाएका छन् । क्यानडा, हङकङ र न्युजिल्याण्ड लगायतले त भारतसँगका सबै व्यापारिक उडानहरु स्थगित गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com