भारतबाट र विगत १४ दिनभित्र भारत गएकाहरु अमेरिका आउनमा यात्रा प्रतिबन्धको घोषणा


प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतबाट अमेरिका आउनमा अधिकांशलाई यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । भारतमा कोरोना महामारी तीब्र बनेपछि शुक्रबार गैर नागरिक लगायतलाई भारबाट अमेरिकामा आउनमा यात्रा प्रतिबन्धको घोषणामा बाइडेनले हस्ताक्षर गरेका हुन् ।

नयाँ प्रतिबन्ध मे ३ को राती १२ बजेपछि अर्थात् मे ४ मंगलबार सुरु हुनासाथ लागु हुने भएको छ । भारतमा कोरोना महामारी बढ्दो रहेकाले अमेरिकन सीडीसीको सल्लाहमा यस्तो प्रतिबन्ध लगाइएको ह्वाइट हाउसले जनाएको छ ।

विश्वभर देखिएका कोरोनाका संक्रमणहरुमा एक तिहाई भारतमा देखिएको र अमेरिका प्रवेश गर्ने यात्रुहरुबाट अमेरिकाको जनस्वास्थ्यलाई संरक्षण गर्नुपर्ने भएकाले नयाँ मापदण्डको आपश्यकता रहेको प्रतिबन्धमा उल्लेख छ । यो प्रतिबन्ध अनुशार विगत १४ दिनमा भारतमा रहेका अमेरिकी नागरिकबाहेकका अधिकांश यात्रुहरुलाई अमेरिका आउनमा रोक लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्डवाहक, परिवारका सदस्यहरु र विद्यार्थी लगायतका अन्य केही गैर नागरिकहरुलाई भने अमेरिका आउनमा छुट दिइएको छ । भारतमाथि लगाइएको यात्रा प्रतिबन्धको निर्णय एकदमै छिटो गरिएको र २४ घण्टामै यो निर्णयमा पुगिएको जनाइएको छ ।

भारतमा विगत ९ दिनदेखि हरेक दिन ३ लाखभन्दा बढी कोरोना संक्रमण पुष्टी भइरहेका छन् । शुक्रबारमात्र भारतमा थप कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ३ लाख ८६ हजार ४ सय ५२ रहेको थियो ।

बेलायत, जर्मनी, इटली र सिंगापुर लगायतले पनि भारतबाट आउने यात्रुहरुमाथि यस्तै प्रतिबन्धहरु लगाएका छन् । क्यानडा, हङकङ र न्युजिल्याण्ड लगायतले त भारतसँगका सबै व्यापारिक उडानहरु स्थगित गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com