बाइडेनका एकसय दिन संख्यामा: ४२ कार्यकारी आदेश र ११ बिलमा हस्ताक्षर


प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको एकसयदिन पूरा भएको छ । यो एकसयदिनमा बाइडेनले गरेका संख्यात्मक कामको विवरण रोचक छ ।

बाइडेनले कार्यभार सम्हालेको सुरुको एकसयदिनमा ४२ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । जुन बराक ओबामाले सुरुको एकसयदिनमा हस्ताक्षर गरेका कार्यकारी आदेशको तुलनामा दोब्बरभन्दा बढी हो । ओबामाले सुरुको एकसयदिनमा १९ वटा र डोनाल्ड ट्रम्पले २९ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

त्यस्तै बाइडेनले सुरुको एकसयदिनमा जम्मा ११ वटा बिलमा मात्र हस्ताक्षर गर्न सफल भए । जबकी ट्रम्पले सुरुको एकसयदिनमा २९ वटा बिलमा हस्ताक्षर गरेका थिए । ओबामाले यो अवधिमा १४ वटा बिलमा हस्ताक्षर गरेका थिए । यद्यपी बाइडेनले हस्ताक्षर गरेको कोरोना सम्बन्धि राहत प्याकेज भने विस्तृत रहेको छ ।

बाइडेनको सुरुको एकसयदिनमा बाइडेनले क्याबिनेट स्तर लगायतका पदमा सिफारिस गरेका ४० जनाको नाम सिनेटले अनुमोदन गरेको छ । ट्रम्पको कार्यकालको सुरुको एकसयदिनमा सिनेटले जम्मा २५ वटा सिफारिस अनुमोदन गरेको थियो । ओबामाको सुरुको एकसयदिनमा भने ६९ सिफारिस सिनेटले अनुमोदन गरेको थियो ।

बाइडेनले सुरुको एकसयदिनमा १४ जना संघीय न्यायाधिस नियुक्त गरिसकेका छन् । ट्रम्पले यो अवधिमा जम्मा २ जना र ओबामाले ३ जना सघीय न्यायाधिस नियुक्त गरेका थिए । यद्यपी ट्रम्पले आफ्नो कार्यकालमा भने अत्यन्तै धेरै संघीय न्यायाधिसहरु नियुक्त गरेर चर्चा कमाएका थिए ।

सुरुको एकसयदिनमा बाइडेनको स्वीकृति रेटिङ भने जम्मा ५३ प्रतिशत रहेको छ । यद्यपी ट्रम्पको तुलनामा भने यो बढी हो । ट्रम्पको एकसयदिनमा स्वीकृति रेटिङ ४१ प्रतिशतमात्र रहेको थियो । ओबामाको भने स्वीकृति रेटिङ निकै उच्च रहेको थियो । ओबामाले सुरुको एकसयदिनमा ६५ प्रतिशत स्वीकृति रेटिङ प्राप्त गरेका थिए ।

बाइडेनले एकसयदिनको अवधिमा ९ वटाराज्यको भ्रमण गरेका छन् । जबकी ट्रम्पले यो अवधिमा १० वटा राज्यको भ्रमण गरेका थिए भने ओबामाले ११ वटा राज्यको भ्रमण गरेका थिए । एकसयदिनको अवधिमा बाइडेनले कुनै पनि विदेश भ्रमण भने गरेका छैनन् । ट्रम्पले पनि एकसयदिनमा कुनै देश भ्रमण गरेका थिएनन् । ओबामाले भने ९ वटा देशको भ्रमण गरेका थिए ।

एकसय दिनको अवधिमा बाइडेनले एकपटकमात्र गल्फ खेल्न निस्के । ओबामापनि एकपटकमात्र निस्केका थिए । तर ट्रम्प भने एकसयदिनको अवधिमा १९ पटक गल्फ खेल्न निस्केका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com