मे १ बाट न्युजर्सीमा कागजपत्रविहिनलाई पनि ड्राइभर लाइसेन्स


प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार

न्युजर्सीमा पनि अब कागजपत्रविहिनहरुले ड्राइभर लाइसेन्स पाउने भएका छन् । अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेकाहरुलाई ड्राइभर लाइसेन्स प्रदान गर्ने १५ राज्यको समुहमा अब न्युजर्सी पनि थपिएको छ ।

गभर्नर फिल मर्फीले लामो बहस पछि यो बिललाई सन् २०१९ को डिसेम्बरमा नै हस्ताक्षर गरेका थिए । गत जनवरीदेखि कार्यान्वयनमा आउने बताइएपनि केही ढिलो भएकाले मे १ बाट कागजपत्रविहिनले ड्राइभर लाइसेन्सका लागि प्रकृया अगाडि बढाउन सक्नेछन् ।

जनवरी १ देखि लागु हुने योजना महामारीका कारण ढिलाई भएको थियो । अब न्युजर्सीमा रहेका झण्डै ४ लाख ७५ हजार कागजपत्रविहिनहरुमध्ये ४ लाखले ड्राइभर लाइसेन्स वा स्टेट आईडी प्राप्त गर्नसक्ने भएका छन् ।

यसअघि न्युयोर्कमा कागजपत्रविहिनलाई ड्राइभर लाइसेन्स दिने नियम कार्यान्वयनमा आएको छ । न्युयोर्क राज्यको दुबै सदनले पारित गरेको कागजपत्रविहिनलाई पनि लाइसेन्स प्रदान गर्ने नियम  सन् २०१९ को डिसेम्बरदेखि लागु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विधयेकले न्युयोर्क राज्यमा जुनसुकै अध्यागमन स्टाटस भएको आप्रवासीले पनि ड्राइभर लाइसेन्स पाउने प्रावधानलाई ब्यूताएको थियो । यस्तो प्रावधान न्युयोर्कमा सन् २००१ भन्दा अगाडि विद्यमान थियो ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com