न्युयोर्क सिटीमा एकैदिनमा विभिन्न घटनामा १५ जनामाथि गोली प्रहार, जनवरी यता ४१० जनामाथि गोली


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

न्युयोर्क सिटीमा एकैदिनमा भएका विभिन्न घटनामा १५ जनामाथि गोली प्रहार भएको छ । शनिबार भएका विभिन्न घटनामा १५ जनामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गतबर्षको सोही दिनमा न्युयोर्क सिटीमा एकजनामाथि गोली प्रहार भएको थियो ।

शनिबारसम्मको तथ्यांक हेर्दा यो बर्षमात्र झण्डै साढे तीनमहिनाको अवधिमा न्युयोर्क सिटीमा ४१० जनामाथि गोली प्रहार भएको छ । गतबर्षको सोही अवधिमा जम्मा २ सय ३८ जनामाथि गोली प्रहार भएकोमा यो बर्ष गोली प्रहारको घटनामा उल्लेख्य बृद्धि भएको छ ।

कोरोना महामारी सम्बन्धित प्रतिबन्धहरु नरम बनाइदा पनि गोलीकाण्डका घटनाहरुमा कमी भएको छैन । गोलीकाण्डका घटना महामारीसँग सम्बन्धित भन्दा धेरै अपराध न्याय प्रणालीमा परिवर्तनसँग सम्बन्धित भएको हाल जोन जे कलेजका प्रोफेशर रहेका पूर्व न्युयोर्क प्रहरी युजिन ओडनिलले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीलाई कमजोर बनाइएको र अभियोजनकर्ताहरुलाई बहाना मिलेका कारण न्युयोर्क सिटीमा गोलीकाण्डका घटनाहरु बढेको उनले बताए । अहिलेको अवस्थामा न्युयोर्क सिटीमा बन्दुक बोक्न चाहनेहरुका लागि सुनौलो युग रहेको उनले बताए ।

प्रहरीहरु अपराधीलाई पक्राउ गर्न डराउने अवस्था रहेको र अभियोजनकर्ताहरु अपराधीहरुलाई जेलबाहिर राख्न चाहेका कारण यो अवस्था आएको उनको भनाई छ । कैयन बर्षसम्म न्युयोर्कले अमेरिकाको सुरक्षित सिटीका रुपमा परिचय बनाएपनि पछिल्ला दिनमा भने यो परिचय बदलिदै गएको छ । न्युयोर्क सिटी असुरक्षित बन्दै गएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com