लङ आइल्याण्डमा ग्रोसरी स्टोरभित्र गोली चलाउने व्यक्ति ४ घण्टामा पक्राउ


प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार

घण्टौं लामो पैयासपछि न्युयोर्कको लङ आइल्याण्डमा ग्रोसरी स्टोरभित्र गोली चलाउने ३० बर्षको ग्रयाब्रियल डेविट विल्सनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना लगत्तै प्रहरीले ग्रयाब्रियललाई अत्यन्तै सकृय रुपमा खोजिरहेको थियो ।

न्युयोर्कको लङ आइल्याण्डको वेष्ट हेम्पस्टीडमा रहेको स्टप एण्ड सप नामको ग्रोसरी स्टोरमा मंगलबार विहान भएको गोलीकाण्डमा कम्तीमा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।


मृत्यु हुने व्यक्ति ४९ बर्षका पुरुष रहेको जनाइएको छ । मृतक त्यही काम गर्ने कामदार रहेको जनाइएको छ । गोली चलाउँदा स्टोरमा केही सय व्यक्तिले किनमेल गरिरहेका थिए ।

प्रहरीले गोली चलाउने व्यक्ति ग्रयाब्रियल कालो पोशाकमा सरासर स्टोरको माथिल्लो तलामा गएर तीनजनालाई गोली हानेको थियो । गोली चलाउने व्यक्तिले हाते बन्दुक प्रयोग गरेको थियो । त्यसपछि उक्त व्यक्ति घटनास्थलबाट फरार भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली चलाउने व्यक्तिको उक्त स्टोरसँग सम्बन्ध समेत रहेको बुझिएको छ । या त पूर्व कर्मचारी या त अहिलेपनि काम गर्ने कर्मचारी रहेको हुनसक्ने बताइएपनि थप जानकारी सार्वजनिक भएको छैन । गोलीकाण्ड काम सम्बन्धित भएको हुनसक्ने जनाइएको छ ।

मंगलबार विहान ११ बजेर २० मिनेटमा प्रहरीले गोली चलाउने व्यक्तिको पहिचान गरेको थियो । त्यसपछि खोजी कार्य जारी गरिएको थियो । तीनबजे उक्त व्यक्तिलाई पक्राउ गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com