टेक्सासमा ड्राइभर सिटमा कोही नबसी चलाइएको टेस्ला दुर्घटना, २ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार

टेक्सासमा ड्राइभर सिटमा कोही नबसी चलाइएको सेमी अटोमेटिक टेस्ला कार दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । ह्युस्टनको उत्तरी क्षेत्रमा गाडी एउटा रुखमा गएर ठोक्किएको जनाइएको छ ।

शनिबार राती दुर्घटना भएको र चालकको सिटमा कोही पनि बसेको नपाइएको प्रहरीले जनाएको छ । २०१९ टेस्ला मोडल एस उच्च गतिमा दौडिएको र सानो घुमाई लिन असफल भएपछि रुखमा गएर ठोक्किएको थियो । त्यसपछि गाडीमा आगोको लप्का देखिएको थियो ।

आगो निभाएपछि अधिकारीहरुले दुईजनामात्र यात्रु फेला पारेका थिए । एकजना अगाडिको यात्रु सिटमा थिए भने अर्का एकजना पछाडिको यात्रु सिटमा रहेका थिए ।

टेस्लाको सेमी अटोमेटिक प्रणालीका कारण कैयन दुर्घटनाहरु भएको र छानविन बढिरहेको बेलामा यो घटना भएको हो । टेस्लाले धेरै ग्राहकका लागि पूर्ण अटोमेटिक प्रणाली भएको सफ्टवेयर सुरु गर्ने तयारी गरिरहेको छ ।

अमेरिकाको अटो सुरक्षा एजेन्सीले मार्चमा टेस्लाका गाडी दुर्घटना भएका २७ घटनाबारे अनुसन्धान भइरहेको जनाएको थियो । कम्तीमा ३ दुर्घटना हालैका दिनमा भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com