आज विहानको विसकन्सिन गोलीकाण्डमा ३ को मृत्यु, अमेरिकामा १ महिनामा ४७ नरसंहारकारी गोलीकाण्ड


प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार

आज विहान अमेरिकाको विसकन्सिनमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन् । केनोसाको सोमर्समा रहेको सोमर्स हाउस नामको बारमा गोली चलेको थियो ।

संदीग्धलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने पहिलो डिग्री हत्याको अभियोगमा मुद्दा दर्ता गरिने भएको छ । बारको भित्र र बाहिर दुबैतिर गोली चलेको जनाइएको छ । उक्त लोकप्रियबारलाई अनुसन्धानका लागि अहिले क्राइम टेपले बारिएको छ ।

तीनजना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अझै एकजना अज्ञात व्यक्ति घाइते भएको हुनसक्ने जनाएको छ । दुईजना व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का एकजनालाई अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।

दुईजनाबीच सुरुमा बार नजिकै झगडा सुरु भएको र पछि गोली चलेको जनाईको छ । त्यतीबेला बारमा ग्राहकहरुको भींड रहेको थियो । गोली चलेपछि भागदौड मच्चिएको थियो । प्रहरीले घटनामा धेरै व्यक्ति र धेरै हतियार प्रयोग भएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको छ ।

मार्च १६ यता अमेरिकामा ४७ वटा आम नरसंहारकारी गोलीकाण्ड भएका छन् । एटलान्टामा ८ जनाको मृत्यु हुनेगरी भएको गोलीकाण्डपछि यी घटनाहरु भएका छन् । सामान्यतया घाइते वा मृतकसहित ४ जना वा बढीलाई गोली लागेको घटनालाई आम नरसंहारकारी घटना मानिएको छ ।

अमेरिकामा सन् २०२१ सुरु भएदेखि कम्तीमा १४७ वटा आम नरसंहारकारी गोलीकाण्ड भएका छन् । शनिबार बेलुका ओहायोको कोलम्बसमा पनि एकजनाको मृत्यु र ५ जना घाइते हुनेगरी गोलीकाण्ड भएको थियो । त्यो अगाडि अप्रिल १५ मा इन्डियाना पोलिसमा भएको गोलीकाण्डमा ८ जनाको मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए । अप्रिल १५ मा नै फ्लोरिडामा भएको गोलीकाण्डमा कम्तीमा ६ जना घाइते भए ।

सीएनएनले मार्च १६ पछि भएका गोलीकाण्डहरुको सुची तयार पारेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com