नेब्रास्कामा मलमा गोली चल्यो, बन्दुकधारी फरार


प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार

अमेरिकाको नेब्रास्काको ओमाहामा रहेको वेष्टरोड्स मलमा शनिबार गोली चल्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बन्दुकधारीले अन्धाधुन्द नभई निशाना बनाएर नै गोली हानेको प्रहरीको भनाई छ ।

गोली लागेका बयस्क पुरुषलाई गम्भिर अवस्थामा अस्पतालमा लगिएको थियो । उनलाई अस्पतालमा नै मृत घोषणा गरिएको थियो । पछि अर्की एकजना महिलापनि गोली लागेको घाउसहित अस्पतालमा उपचारका लागि पुगेको जनाइएको छ ।

घटना दिउसो मध्यान्हतिर भएको हो । भिडियो फुटेजमा दुईजना संदीग्धहरु मलबाट फरार भएको देखिएको छ । अनुसन्धानकर्ताहरुले उनीहरुको खोजी गरिरहेका छन् भने उनीहरुको पहिचानको प्रयास गरिरहेका छन् । घटनापछि मल दिनभर बन्द गरिएको थियो ।

मलमा गोली चलेपछि केही ग्राहकहरु बाथरुममा गएर लुकेका थिए । आफू तीनबर्षकी छोरी र अन्य १० जनासहित बाथरुममा गएर लुकेको एकजना ग्राहकले बताइन् । उनले त्यतीबेला बन्दुकधारीले आफूलाई पनि गोली हान्नसक्ने त्रासले आफ्नी आमा र ब्याईफ्रेण्डलाई आई लभ यु भन्दै टेक्स्ट समेत गरेकी थिइन् ।

यो मलमा सन् २००७ मा पनि गोलीकाण्डको घटना भएको थियो । १९ बर्षको बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको थियो ५ जना घाइते भएका थिए । बन्दुकधारीले आफैमाथि समेत गोली चलाएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com