एसबीएबाट ५० हजार ऋण लिएर व्यक्तिगत खर्चमा प्रयोग गर्ने व्यक्ति पक्राउ, दुरुपयोगको मुद्दा


प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार

टेक्सासको सिल्सबी निवासी एकजना व्यक्तिले एसबीएबाट ५० हजार डलरभन्दा धेरै ऋण लिएर व्यक्तिगत खर्चमा प्रयोग गरेपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको छ । उनले एसबीएबाट ५० हजार ८ सय डलर ऋण लिएर ५० हजारभन्दा धेरै रकम व्यक्तिगत खर्चमा प्रयोग गरेका थिए ।

३१ बर्षका एडविन लापउलबिरुद्ध जालसाजी गरेको अभियोग लगाइएको छ । उनले इकोनोमिक इन्जुरी डिसास्टर लोन कार्यक्रम अन्तरगत गत बर्षको जुन २७ मा उक्त रकम प्राप्त गरेका थिए ।

एसबीएबाट प्राप्त इकोनोमिक इन्जुरी डिसास्टर लोन निश्चित मापदण्ड अनुशार खर्च गर्नु जरुरी छ । उक्त मापदण्ड उल्लंघन गरेको खण्डमा कारवाही हुनसक्ने वा ऋण रकम फिर्ता गर्नुपर्ने समेत अवस्था आउनसक्छ ।

यो ऋण रकम कार्यपूजी, भाडा, युटिलिटी, तलब, स्थीर ऋण भुक्तानी, स्वास्थ्य सुविधाहरु, आपूर्ति, इन्भेन्ट्री, विज्ञापन, मार्केटिङ, लेखा र बहिखाता सेवा, आईआरएसलाई कर लगायतमा खर्च गर्न सकिन्छ । यदि आफ्नो विजनेश वा कम्पनीमा आफै काम गरेको छ भने कामबापत उक्त रकम लिन सकिन्छ तर नाफावापत वा व्यक्तिगत प्रयोजनका लागि उक्त रकम खर्च गर्न मिल्दैन ।

त्यस्तै लाभांश वा बोनस, स्थीर सम्पत्ति खरिद, फरक स्थानमा विजेनश विस्तार, दीर्घकालिन ऋण रिफाइनान्स, स्थान परिवर्तन, सरकारी नियम कानूनको पालना नगरेवापत तिरिने जरिवाना रकममा पनि यो ऋण रकम प्रयोग गर्न पाइदैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com