न्युयोर्कको सन्नीसाइडमा लिकमा हामफालेकी महिलालाई ट्रेनको ठक्कर


प्रकाशित मिति : बैशाख २, २०७८ बिहीबार

आज दिउसो न्युयोर्कको सन्नीसाइडमा एकजना महिला ट्रेनको लिकमा हामफाल्दा ट्रेनले ठक्कर दिएको छ । ती महिलाले ४६ स्ट्रीटमा सेभेन ट्रेनको ट्रयाकमा हामफालेकी हुन् ।

घटनापछि केहीबेर ट्रेनसेवा अबरुद्ध भएको थियो । प्रहरीले यो घटनामा कुनै अपराधको आशंका गरेको छैन । महिलाको अवस्थाबारे पनि केही बताएको छैन ।

ती महिलालाई उपचारका लागि एल्महस्र्ट अस्पतालमा पठाइएको छ । महिलाको परिचय खुलाइएको छैन । घटना लगत्तै घटनास्थल पुगेको आपतकालिन टोलीले महिलालाई सहायताको प्रयास गरेका थिए ।

गतबर्ष सन्नीसाइड नजिकै लङ आइल्याण्ड ट्रेनको लिकमा एकजना नेपाली महिलाको मृत्यु भएको थियो । उनीपनि आफै लिकमा प्रवेश गरेको सीसीटीभीमा देखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com