सर्वोच्चमा न्यायाधिसको संख्या १३ बनाउन डेमोक्रेटिक सांसदले बिल प्रस्तुत गर्ने


प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार

सर्वोच्च अदालतमा न्यायाधिसको संख्या ९ बाट १३ बनाउनका लागि डेमोक्रेटिक सांसदहरुले बिहिबार नयाँ बिल प्रस्तुत गर्ने भएका छन् । सर्वोच्च अदालतमा सुधारको माग भइरहेको बेला सांसदहरुले न्यायाधिसहरुको संख्या बढाउने प्रयास गर्ने भएका हुन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ बर्षे कार्यकालका दौरान ३ जना रुढीवादी न्यायाधिसहरु नियुक्त गरेपछि अदालतको भविश्यबारे उच्च स्तरीय वैचारिक लडाई भइरहेको छ । यो बिलको नेतृत्वमा सिनेटमा डेमोक्रेटिक सिनेटर एड मार्केले र हाउसमा डेमोक्रेटिक सांसद जेरोल्ड नाड्लरले गर्ने भएका छन् ।

संसदबाट बिल पारित भएमा सर्वोच्च अदालतको विस्तार सम्भव छ । तर सिनेटमा डेमोक्र्याट्सहरुको झिनो बहुमतका कारण बिल पारित हुने सम्भावना भने निकै कम रहेको छ । केही डेमोक्रेटिक सांसदहरु पनि सर्वोच्चलाई चलाउने पक्षमा छैनन् । साथै राष्ट्रपति जो बाइडेनले पनि सर्वोच्चलाई चलाउने विषयमा अनिच्छा व्यक्त गरेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधिसको भारी बहुमत रहेको छ । सर्वोच्चमा रिपब्लिकन नियुक्त न्यायाधिसको संख्या ६ र डेमोक्र्याट्स नियुक्त न्यायाधिसको संख्या ३ रहेको छ ।

सर्वोच्च अदालतमा ६ जना कन्जरभेटिभ न्यायाधिस हुँदा अमेरिकाको राजनीतिक परिदृश्यमा ठूलो असर पर्छ । रुथ बेडर गेन्सबर्गको निधन अगाडि सर्वोच्च अदालतमा ५ जना रिपब्लिकन नियुक्त र ४ जना डेमाक्र्याट्स नियुक्त न्यायाधिसहरु रहेका थिए । कार्यकाल सकिनु अगाडि ट्रम्पले एकजना न्यायाधिस नियुक्त गरेका हुन् ।

अमेरिकाको सर्वोच्च अदालतका न्यायाधिस नियुक्त गर्दा राष्ट्रपतिले नोमिनेशन गर्ने र सिनेटमा मतदान हुने प्रावधान रहेको छ । सिनेटमा साधारण बहुमतले पारित गरेमा मात्रपनि उक्त व्यक्तिलाई न्यायाधिस नियुक्त गरिन्छ ।

सन् २०१६ मा न्यायाधिस एन्टोनिन स्कालियाको निधन फरबरीमा हुँदा तत्कालिन राष्ट्रपति बराक ओबामाले गाल्र्याण्डलाई नोमिनेट गरेका थिए । तर सिनेटले चुनाव अगाडि न्यायाधिसको नाममा मतदान गरेन । पछि डोनाल्ड ट्रम्प नियुक्त भइसकेपछि निल गोर्सचलाई नियुक्त गरेका थिए भने सिनेटले पनि उनको नाम पारित गरेको थियो । बिल क्लिन्टनले गेन्सबर्गलाई सन् १९९३ मा सर्वोच्च अदालतको न्यायाधिस नियुक्त गर्दा पनि झण्डै ७० दिन लागेको थियो ।

सन् २०१८ मा रिटायर्ड भएका एन्थोनी केनेडीको स्थानमा पनि डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । एन्थोनी केनेडीलाई रोनाल्ड रेगनले नियुक्त गरेपनि उनी सधै कन्जरभेटिकका पक्षमा भने उभिएका थिएनन् । बराक ओबामाको कार्यकालमा भने सर्वोच्च अदालतमा २ जना न्यायाधिस नोमिनेट गरेका थिए, जसमा दुबैजना महिला थिए ।

सर्वोच्च अदालतमा रिपब्लिकन नियुक्त न्यायाधिस ६ जना रहेकाले कुनै पनि प्रगतिशिल मुद्दाका पक्षमा सर्वोच्चबाट निर्णय पाउन मुस्किल छ । जसका कारण अमेरिका कैयन बर्षसम्म रुढीवादमा जकडिने देखिन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com