राष्ट्रपति बाइडेनले अप्रिल २८ मा संसदको संयुक्त सदनमा पहिलो सम्बोधन गर्ने


प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी अप्रिल २८ मा संसदको संयुक्त सदनमा सम्बोधन गर्ने भएका छन् । हाउस स्पीकर न्यान्सी पेलोसीले संयुक्त सदनलाई सम्बोधनका लागि पठाएको निमन्त्रणा बाइडेनले स्वीकार गरेका हुन् । यो सम्बोधन आधिकारिक स्टेट अफ द युनियन सम्बोधन भने होइन । किनभने संसदसमक्ष राष्ट्रपतिको पहिलो सम्बोधनलाई स्टेट अफ द युनियन सम्बोधन मान्ने चलन छैन ।

‘झण्डै एकसयदिन अगाडि जब तपाईले कार्यभार सम्हाल्नुभयो । तब तपाईले ठूलो आशाको भावनाका साथ सहायता आउँदै गरेको प्रतिबद्धता जनाउनुभएको थियो । अहिले तपाईको ऐतिहासिक नेतृत्वको कारण सहायता आइसकेको छ ।’ पेलोसीले बाइडेनलाई लेखेको पत्रमा उल्लेख छ ।

ह्वाइट हाउसले अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ सम्म सबै सेना फिर्ता गर्ने घोषणा गरेकै दिन पेलोसीको पत्र बाइडेनलाई प्राप्त भएको हो । अमेरिकामा भएको सेप्टेम्बर ११ को आतंककारी हमलाको २० औं बार्षिकीमा अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ह्वाइट हाउसले घोषणा गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सपथ ग्रहण समारोहको सम्बोधन जस्तै संसद समक्ष बाइडेनको पहिलो सम्बोधनमा पनि कोरोना महामारी लगायतका विषय समेटिने अपेक्षा गरिएको छ । कोरोना महामारीका कारण सम्बोधनका क्रममा च्याम्बरमा सांसदहरुको संख्या सिमित गरिनेछ । बाँकीले हाउस फ्लोर र ग्यालरीमा बसेर सम्बोधन सुन्नेछन् । सांसदहरुका पाहुनालाई पनि अनुमति छैन ।

बाइडेनले संयुक्त सभालाई सम्बोधन गर्न उत्सुक रहेको ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन पास्कीले बताएकी छिन् । कोरोना महामारीसँगको लडाई, विश्वब्यापी चुनौतिहरुको सम्बोधन, आर्थिक रिकभरी लगायतका विषयमा छलफल हुने जनाइएको छ । रिपब्लिकनहरुले छिट्टै आफ्नो प्रतिकृया जनाउने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com