ट्राफिक स्टपमा अश्वेत युवाको मृत्यु हुनेगरी गोली चलाउने प्रहरीबिरुद्ध नरसंहारको अभियोग दर्ता


प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार

अमेरिकाको मिनियापोलिसमा ट्राफिक स्टपमा गोली चलाउँदा २० वर्षीय अश्वेत युवा डन्टे राइटको मृत्युको घटनामा गोली चलाउने प्रहरी अधिकारी किम पोटरबिरुद्ध दोश्रो डिग्री नरसंहारको अभियोग दर्ता गराइएको छ । यो अभियोग अन्तरगत दोषी ठहर भएमा १० बर्षसम्मको जेल सजाय वा २० हजार डलरसम्म जरिवाना वा दुबै सजाय हुनसक्नेछ ।

प्रहरी अधिकारी किम पोटरले बेहोस बनाउनका लागि टेजर चलाउन खोज्दा झुक्किएर बन्दुक चलाएको र गोली लागेर ट्राफिक स्टपमा डन्टे राइटको मृत्यु भएको प्रहरी प्रमुख टिम गानोनले बताउँदै आएका थिए । तर गोली चलाउने पोटर र प्रहरी प्रमुख गानोनले मंगलबार नै राजिनामा दिइसकेका छन् ।

ट्राफिक स्टपमा युवाको मृत्यु भएपछिका प्रदर्शनका कारण त्यहाँका दुईवटा सहरका मेयरहरूले आपतकाल घोषणा गर्दै रात्रीकालिन कर्फयु आदेश जारी गर्नुपरेको थियो भने मिनियापलिस र सेन्ट पलका मेयरहरूले कर्फ्यु लगाएका थिए ।

डन्टे राइटलाई गत आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो। उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा भएको खिचातानीमा प्रहरी अधिकारी किम पोटरले चलाएको गोली लागेर उनको मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा व्याख्या गरेको थियो । तर राइटको मृत्युपछि त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि आपतकालिन अवस्था घोषणा गरिएको हो ।

जर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा यो घटना भएपछि मिनियापलिसमा प्रदर्शनहरु भएका हुन् ।

एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए। उक्त भिडिओमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिएको छ ।

ती अश्वेत युवा राइट कारमा पसेको र कार गुडाउन थालेको भिडियोमा देखिएको छ । त्यसबेला प्रहरीले ‘मैले उसलाई गोली हाने’ भनेको भिडिओमा सुनिन्छ। गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो।

राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतवार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका थिए । सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी कार्यालयअघि धर्ना दिएका छन्।

प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा आक्रमण पनि भएको छ। प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेख्नुका साथै मैनबत्ती बालेका थिए। पछि उनीहरूलाई अश्रुग्यास हानेर प्रहरीले तितरबितर पारेको थियो ।

राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दुखद भनेका छन् भने लुटपाट मच्चाउने कार्यको कुनै पनि औचित्य नभएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com