बेष्ट भर्जिनिया बसाई सर्नेलाई राज्यले १२ हजार डलर नगद दिने


प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार

अब बेष्ट भर्जिनिया बसाई सरेर घरमै बसेर रिमोट वर्क गर्नेहरुलाई १२ हजार डलर नगद दिने राज्यले घोषणा गरेको छ । कुनै शर्त विना नै १२ हजार डलर र राज्यका पार्क लगायतका मनोरञ्जनका क्षेत्रमा प्रवेशका लागि २५ सय डलरसम्मको निशुल्क पास समेत प्रदान गरिने भएको छ ।

सबै सुविधाहरु थप गर्दा प्रतिव्यक्ति २० हजार डलरसम्मको हुने वेष्ट भर्जिनियाले जनाएको छ । इन्टुईटका कार्यकारी अध्यक्ष ब्राड स्मीथ र उनकी पत्नीले २५ मिलियन डलर डोनेशन गरेकाले यो अफर सम्भव भएको हो ।

कोरोनाको महामारीका कारण कैयन कम्पनीहरुले कामदारहरुलाई घरमै बसेर काम गर्न वा हाइब्रिड तरिकाले काम गर्न अनुमति दिएकाले त्यस्ता कामदारहरुले वेष्ट भर्जिनिया बसाई सरेर फाइदा लिनसक्ने भएका छन् । फेसबुक, ट्वीटर, एप्पल लगायतका कैयन कम्पनीहरुले आफ्ना कामदारहरुलाई घरमै बसेर काम गर्ने सुविधा दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तो सुविधा पाइसकेपछि कैयन कामदारहरु सस्तो राज्यहरुमा बसाई सराई गरिरहेका छन् । सस्तोमात्र नभई जीवनयापनको गुणस्तरसमेत राम्रो बनाउनका लागि यसरी बसाई सराई गर्नेहरुलाई विभिन्न राज्यहरुले विभिन्न अफरहरु दिने गरेका छन् ।

एउटा अध्ययन अनुशार अध्ययनमा सहभागी ८२ प्रतिशत कम्पनीहरुले आफ्ना कामदारहरुले घरमै बसेर काम गर्नदिने आशय व्यक्त गरेका छन् । साथै ४७ प्रतिशतले आफ्ना कामदारहरुलाई घरमै बसेर स्थायी रुपमा नै काम गर्नदिने योजना बनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com