बेलायती महारानीका पति ‘प्रिन्स फिलिप’ को ९९ वर्षमा निधन


प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार

महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ। उनको शुक्रबार बिहान ९९ वर्षको उमेरमा निधन भएको हो ।

महारानी र पति फिलिपको निवास रहेको विन्डसर क्यासलमा उनको निधन भएको हो ।गहिरो दुखका साथ रानीले उनका श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी बकिङहम राजदरबारले जारी गरेको विज्ञप्तिमा छ ।

गत महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए। राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए। विवाहको ५ वर्षपछि एलिजावेथ महारानी घोषित भएकी थिइन् ।

फिलिपको जन्मस्थान

राजकुमार फिलिपको जन्म सन् १९२१ को जुन १० तारिखमा ग्रीक आइल्यान्ड ‘कोर्फु’ मा भएको हो । महारानी र राजकुमार फिलिपका ४ सन्तानका साथै ८ नाती-नातिना र १० पनाती-पनातिना छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजकुमार फिलिपको निधनमा दु:ख व्यक्त गरेका छन् । उनले जीवनमा अनगिन्ती युवाहरुलाई प्रेरित गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले बेलायतीहरुमाझ राजसंस्था आजको अवस्थामा रहनुमा उनको विशेष योगदान रहेको स्मरण गरेका छन् ।

उनीहरूका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका थिए। त्यसपछि राजकुमारी एन् सन् १९५० जन्मेकी थिइन्, ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए।

प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा थिए। उनकी आमा, राजकुमारी एलिस, लर्ड लुइ अफ ब्याटनबर्गकी छोरी र रानी भिक्टोरियाका पनातिनी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com