न्युयोर्कमा बर्थडे पार्टीमा पतीबाट पत्नी र दुई छोरीको गोली हानी हत्या, ९ बर्षकी छोरीले बोलाइन् प्रहरी


प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार

न्युयोर्कका एक व्यक्तिले आफू, पत्नी र उनका दुई छोरीलाई गोली हानेर मारेपछि ९ बर्षकी बालिकाले ९११ मा फोन गरेर प्रहरी बोलाएकी छिन् । घटना न्युयोर्कको ब्रुकलिनमा सोमबार राती भएको हो ।

राती ११ बजेर ३० मिनेटमा बु्रकलिनको शटर एभिन्युमा ४६ बर्षको जोसेफ म्याकक्रिमोन नामको व्यक्तिले ९ बर्षकी बालिकाकी आमा र दुईजना दिदीहरुलाई गोली हानेर हत्या गरेपछि आफैलाई गोली हानेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा दुईजनाको शव हलवेमा र एकजनाको लिभिंगरुममा रहेको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतकमा ४५ बर्षकी रसेदा बार्जे, उनका छोरीहरु २० बर्षकी सोलेइ स्पीयर्स र १६ बर्षकी चोले स्पीयर्स रहेका छन् । बन्दुक चलाउने व्यक्ति अपार्टमेन्ट नजिकैको मृत अवस्थामा भेटिएको जनाइएको छ ।

गोली हान्ने व्यक्ति र ४५ बर्षकी बार्जे २० बर्षदेखि सम्बन्धमा रहेको जनाइएको छ । ९ बर्षकी छोरी उनीहरुकै भएको र अरु दुईजना छोरीहरु भने फरक बाबुका रहेको जनाइएको छ । परिवारमा ९ बर्षकी बालिकाका लागि बर्थडे पार्टीको आयोजना गरिएको थियो ।

घटनापछि ९ बर्षकी बालिकाले नै प्रहरीमा फोन गरेकी थिइन् । उनले बुबा आफ्नो बर्थडे पार्टीबाट आइरहेको र कुनै उपहार नल्याएको प्रहरीलाई बताएकी थिइन् । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो । विगतमा कुनै घरेलु हिंशाको घटनाको रेकर्ड भएको ९११ फोनको पनि रेकर्ड नभएको जनाइएको छ ।

गोली हान्ने व्यक्ति पहिले मानव नरशंहारमा दोषी ठहर भएर ८ बर्ष जेलमा बसेको थियो । त्यसपछि सन् २००३ मा छुटेको जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com