न्युयोर्क सिटी प्रहरीका डेपुटी इन्सपेक्टरले गाडीभित्र आफैलाई गोली हानेर लिए ज्यान


प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार

न्युयोर्क सिटी प्रहरीका १०७ औं चौकी कमाण्डरले सोमबार क्वीन्सको किसेना पार्क नजिकै प्रहरीकै गाडीभित्र आफैलाई गोली हानेका छन् । डेपुटी इन्सपेक्टर डेनिस मुलानीले गाडीभित्र बसेर आफ्नो टाउकोमा गोली हानेका हुन् ।

ब्रुकलिन क्वीन्स ग्रिनवे नजिकै अण्डरहिल एभिन्युमा गाडीभित्र बसेर आफ्नो टाउकोमा पिस्तोल ताकेर ट्रिगर दबाएका उनलाई तत्कालै नजिकको अस्पतालमा लगिएको थियो । तर पनि उनलाई बचाउन सकिएन । अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

उनले आफैमाथि गोली चलाउनु भन्दा केहीबेर अगाडि परिवारलाई फोन गरेका थिए । त्यसपछि प्रहरीले उनलाई खोज्दै गर्दा उनले गोली चलाइसकेका थिए । यो घटना न्युयोर्क प्रहरीले आफ्नै ज्यान लिएको यो बर्षको पहिलो घटना हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि गतबर्षको अगस्तमा न्युयोर्क सिटीका प्रहरी अधिकारी रिचार्ड क्याटापानोले ड्युटीमा नरहेको अवस्थामा टाउकोमा गोली हानेर आफ्नै ज्यान लिएका थिए । मार्चमा एकजना न्युयोर्क प्रहरीका ट्रान्जिट अधिकारीले आफ्नै टाउकोमा गोली हान्दा ज्यान गएको थियो ।

सन् २०२० को फेबु्रअरीमा डिटेक्टिभ पउल फेडरिको क्वीन्समा झुण्डिएको अवस्थामा फेला परेका थिए । सन् २०१९ मा १० जना प्रहरीले आफ्नो ज्यान लिएका थिए ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com