क्यालिफोर्नियामा अफिस कम्प्लेक्समा गोली चल्दा बच्चासहित ४ को मृत्यु
प्रकाशित मिति : चैत्र १९, २०७७ बिहीबार
सांकेतिक तस्वीर
क्यालिफोर्नियाको अरेन्जमा अफिस कम्प्लेक्समा गोली चल्दा बच्चासहित ४ जनाको मृत्यु भएको छ । पाँचौं व्यक्ति घाइते भएका छन् भने गम्भिर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार बेलुका बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको प्रहरीले जनाएको छ । बन्दुकधारीपनि घाइते भएको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बन्दुकधारी आफैले आफैलाई घाइते बनाएको हो वा कसरी घाइते भएको भन्नेबारे खुलाइएको छैन ।
बन्दुकधारीको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । प्रहरीले घटनास्थलबाट एउटा हतियार बरामद गरेको छ । घटनामा मारिने र बन्दुकधारी कसैको पनि विवरण सार्वजनिक गरिएको छैन ।
अरेन्ज काउन्टी लस एन्जलसबाट ३० माइल दक्षिणमा रहेको छ । उक्त कम्प्लेक्समा मिलर काउन्सिलिङ, क्याल्को फाइनान्सियल लगायतका कैयन अफिसहरु रहेका छन् । भवनमा कहाँ बन्दुक चलाइएको हो भन्ने पनि स्पष्ट छैन ।
There have been TWENTY mass shootings in America since the Atlanta shooting.
So far in 2021 we are averaging more than one mass shooting a day.
The good news: there is a policy supported by 90% of Americans – expanded background checks – that will stop many of these shootings.
— Chris Murphy (@ChrisMurphyCT) April 1, 2021
अमेरिकामा दुईसाता अगाडि एटलान्टामा ८ जनाको ज्यान जानेगरी मसाज पार्लरमा भएको गोलीकाण्डपछि कम्तीमा पनि २० वटा आम नरसंहारकारी गोलीकाण्डका घटनामा भएका छन् । सामान्यतया ४ जना वा सोभन्दा बढीको मृत्यु भएको वा घाइते भएको घटनालाई आम नरसंहारकारी गोलीकाण्डका रुपमा बुझिन्छ ।
Horrifying and heartbreaking. Our hearts are with the families impacted by this terrible tragedy tonight. https://t.co/nw3On2RJH2
— Gavin Newsom (@GavinNewsom) April 1, 2021
अरेन्ज काउन्टीमा सन् १९९७ पछि यति ठूलो गोलीकाण्ड भएको यो पहिलोपटक हो । गभर्नर ग्याभिन न्युसमले घटनाको निन्दा गरेका छन् ।





