रक्तपातपूर्ण शनिबार: म्यानमारमा सेनाको गोलीबाट एकैदिनमा बालबालिकासहित ११४ मारिए


प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार

शनिबारमात्रै म्यानमारमा भएका प्रदर्शनमा बालबालिकासहित कम्तीमा ११४ जना मारिएका छन् । सेनाले सत्ता कब्जा गरेयताकै सबैभन्दा धेरै एकैदिनमा शनिबार मारिएको जनाइएको छ ।

जुन्ताको सैन्य शक्तिले शान्तिपूर्ण प्रदर्शनहरुमाथि आक्रमण गर्ने र गोली चलाउने गरिरहेको छ । देशभरका ४४ वटा सिटी र टाउनहरुमा भएका प्रदर्शनहरुमा सेनाले गोली चलाएर उनीहरुको हत्या गरेको हो ।

मारिनेमा एकजना १३ बर्षकी बालिका समेत छिन् । सेनाले आवासीय क्षेत्रमा गोली चलाउँदा घरमै रहेकी ती बालिकामाथि गोली लागेको थियो । प्रदर्शनहरु सुरु भएयता म्यानमारका कम्तीमा पनि २० जना बालबालिकाहरुको मृत्यु भइसकेको छ । २ महिनामा मारिने सबैभन्दा कम उमेरका ५ बर्षका बालक छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकार नियन्त्रित टेलिभिजनले प्रदर्शनमा उत्रनेहरुलाई टाउको र पिठ्युमा गोली हान्न सकिने बताएको थियो । तर पनि प्रदर्शनकारीहरु सडकमा निस्केपछि सेनाले निर्मम तरिकाले गोली चलाएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिवले शनिबारको हिंशाको निन्दा गरेका छन् । हिंशा अस्वीकार्य भएको र तुरुन्तै रोकिनुपर्ने राष्ट्रसंघले वक्तब्यमार्फत जनाएको छ । फरबरी १ मा सेनाले सत्ता कब्जा गरेयता म्यानरमा कम्तीमा ४४० जना मारिएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com