अध्यागमनबारेको मुख्य प्राथमिकताको विषय हेर्न उपराष्ट्रपति कमला ह्यारिसलाई नेतृत्व
प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार
Vice President Kamala Harris listens during a virtual tour of the Community Vaccination Center at State Farm Stadium in Glendale, Arizona Monday, Feb. 8, 2021, in the South Court Auditorium in the Eisenhower Executive Office Building of the White House. (Official White House Photo by Lawrence Jackson)
अमेरिकी राष्ट्रपति जो बाइडेनले अध्यागमन लगायतका विषयलाई सम्बोधन गर्न खासगरी उत्तर अमेरिकी देशहरुमा कुटनीतिक प्रयासहरुको नेतृत्व गर्ने जिम्मा उपराष्ट्रपति कमला ह्यारिसलाई दिएका छन् । बाइडेनको पहिलो प्राथमिकतामा रहेको विषय हेर्ने जिम्मा बाइडेनले सिधै आफ्नो दोश्रो तहको नेतृत्वलाई दिएका हुन् ।
सिमाक्षेत्रबाट अमेरिकामा कागजपत्रविहिनहरुको प्रवेशको विषय अमेरिकामा अध्यागमनको सन्दर्भमा मुख्य एजेण्डा रहदै आएको छ । यसबारेमा ट्रम्पले पर्खाल लगाउनेदेखि कैयन नीतिहरुको घोषणा समेत गरेका थिए । बाइडेनले यसबारेका कैयन नीति उल्टाएपनि सिमाक्षेत्रको आप्रवासनको विषय अझै मुख्य विषयमा रुपमा रहेको छ ।

आफूले यसबारेमा उपराष्ट्रपति कमला ह्यारिससँग कुराकानी गरेको र यसविषयको नेतृत्व गर्न उनी सबैभन्दा योग्य व्यक्ति रहेको बाइडेनले बताएका छन् । सन् २०१४ र २०१५ मा राष्ट्रपति बराक ओबामा हुँदा ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोर लगायतका मुलुकमा अमेरिकामा कागजपत्रविहिन बालबालिकाहरुको आप्रवासनका सन्दर्भमा ओबामाले त्यसको कुटनीतिक नेतृत्व गर्ने जिम्मा बाइडेनलाई दिएका थिए । बाइडेनले अहिले त्यसकै झल्को मिल्नेगरी ह्यारिसालाई दिएका छन् ।
आफूप्रति विश्वास गरेर यो जिम्मेबारी दिएकोमा उपराष्ट्रपति ह्यारिसलाई राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएकी छिन् । उनले आप्रवासनको मुख्य कारणलाई खोजेर समाधान गर्नुपर्नेमा जोड दिएकी छिन् । बाइडेन प्रशासनले अमेरिकामा कागजपत्रविहिन आप्रवासीहरुको ओइरो लाग्ने सन्दर्भमा यसो हुनुको मूल कारण खोजेर त्यसमा नै समाधान गर्नुपर्नेमा जोड दिदै आएको छ ।

उपराष्ट्रपति ह्यारिसले अहिलेसम्म कुनै पनि मुख्य टास्क फोर्सको नेतृत्व गरेकी थिइनन् । त्यसको साटो उनले बाइडेनलाई पूर्णरुपमा साथ दिदै बाइडेन प्रशासनका प्रयासहरुमा भौतिक रुपमा समेत बाइडेनको छेउमा उपस्थीत रहदै आएकी थिइन् ।






