अप्रिलको पहिलो सातापछि एसबीएबाट साना विजनेशले पाउने ऋण तीन गुणा बढाइने


प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार

अमेरिकामा कैयन साना विजनेशहरुले उपयुक्त ऋण नपाएर संघर्ष गरिरहेको बेलामा एसबीएको आपतकालिन ऋण कार्यक्रम अन्तरगत अब साना विजनेशहरुले ५ लाख डलरसम्म ऋण पाउने भएका छन् । एसबीएले साना विजनेशहरुका लागि ऋणको सिमा बढाएको हो ।

एसबीएका अधिकारी इसाबेला गुजमानले भनिन् – ‘महामारीले सोंचेभन्दा पनि लामो समयसम्म भएको छ । यो अवस्थामा हामी साना विजनेशलाई सहयोग गर्न चाहन्छौं । त्यसैले अब उनीहरुले प्राप्त गर्नसक्ने ऋण रकम विगतको तुलनामा तीनगुणासम्म बढाइने भएको छ ।’

ईआईडीएल ऋणमा उक्त परिवर्तन अप्रिल ६ देखि लागु हुने भएको छ । पहिले नै ऋण लिइसकेकाहरु र अहिले ऋण रकम बढाउनका लागि योग्य भएकाहरुले ऋण रकम बढाउनका लागि विकल्प प्राप्त गर्ने भएका छन् । अहिलेसम्म ऋण नपाएकाहरुलाई पनि तीनगुणाबढी सम्म ऋणका लागि अफर गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महामारी सुरु भएदेखि एसबीएले झण्डै ३८ लाख विजनेशहरुलाई सस्तो ब्याजमा २ सय बिलियन डलर ऋण दिएको छ । सुरुमा ९ लाख डलरसम्म ऋण दिइएपनि पछि डेढ लाख डलरमा सिमित गरिएको थियो । अब त्यसलाई बढाएर ५ लाख डलरसम्म बनाइने भएको छ ।

कोरोना भाइरस कार्यक्रम अन्तरगत एसबीएसँग अहिले २७० बिलियन डलर बाँकी रहेको जनाइएको छ । यो ऋण ३ दशमलव ७५ प्रतिशत ब्याजदरमा प्रदान गरिन्छ भने तीसबर्षभित्र तिर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com