कोलोराडोमा गोली चलाउने २१ बर्षको अहमद, मृतक १० जनाकै परिचय सार्वजनिक


प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार

कोलोराडोको बोल्डरमा ग्रोसरी स्टोरमा गोली चलाउने् व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । उक्त व्यक्ति कोलोराडोको अरवादा निवासी २१ बर्षको अहमद अलिसा रहेको् जनाइएको छ । उक्त व्यक्तिले चलाएको गोलीबाट प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको छ ।

बन्दुकधारीले ग्रोसरी स्टोरमा अन्धाधुन्द गोली चलाउँदा लाशको चाङ लागेको थियो । प्रहरीले नियन्त्रणमा लिने क्रममा आक्रमणकारीमाथि पनि गोली चलाएको थियो । आक्रमणकारीलाई खुट्टामा गोली लागेपनि अवस्था सामान्य रहेको छ । आक्रमणकारीबिरुद्ध हत्याका १० वटा अभियोग लगाइएको छ भने बोल्डर काउन्टी जेलमा पठाइदैछ ।

मृतकहरुमा ५१ बर्षका प्रहरी अधिकारी एरिक ट्याली, २३ बर्षका नेभेन स्टोआन्सिक, २५ बर्षका रिक्की ओल्डस, ४९ बर्षका ट्रालोना बार्तकोविक, ५९ बर्षका सुजेन फाउण्टेन, ५१ बर्षीय तेरी लेइकर, ६१ बर्षका केभिन मोहनी, ६२ बर्षका लायन मुरे र ६५ बर्षका जोडी वाटर्स रहेका छन् । सबै १० जना मृतकका परिवारहरुसँग सम्पर्क भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक ५१ बर्षका प्रहरी अधिकारी एरिक ट्याली

स्थानीय समय अनुशार हिजो दिउसो पौने ३ बजे घटना भएको र गोली चलेको केही मिनेटमा नै प्रहरी घटनास्थलमा पुगेको थियो । मिडियाहरुले शरिरको माथिल्लो भाग नांगो रहेको आक्रमणकारीलाई हतकडी लगाएर बाहिर निकालेको भिडियो प्रशारण गरेका थिए । उसको दाया खुट्टा रगतले लतपतिएको थियो । लगत्तै एम्बुलेन्समा उसलाई अस्पताल लगिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com